चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

रासस-इनरुवा (सुनसरी), २५ वैशाखः यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका–२ का वडाध्यक्ष आलम अंसारीले जानकारी दिनुभयो । स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गर्नुभयो । स्थानीयवासीले विद्यालयलाई चन्दा सङ्कलन गरेर बस हस्तान्तरण गरेकामा धन्यवाद दिँदै उहाँले शिक्षा यो प्रवर्द्धनतर्फको ऐतिहासिक कदम भएको धारणा राख्नुभयो । “हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेका छौँ । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ”, अध्यक्ष आजादले भन्नुभयो ।
विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हँुदै आएकामा अब केही राहत हुने विद्यालयका प्रधानाध्यापक फलाहीले बताउनुभययो । “विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउने गरेका थिए । अब केही राहत हुनेछ । यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ”, उहाँले खुसी हुँदै भन्नुभयो ।
कक्षा कोठाभित्रको शिक्षण विधि कसरी प्रभावकारी बनाउन सकिन्छ" भन्ने सम्बन्धमा शिक्षा मन्त्रालयका अधिकृ...
सामुदायिक विद्यालयतर्फ उक्त विद्यालयको एसईईमा नतिजा उदाहरणीय छ l
एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थ...