मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुन:उषाकिरण भण्डारी
काठमाण्डौ: मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा उषाकिरण भण्डारी सर्वसम्मत चयन भएकी छन् l भण्डारी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी छोरी हुन् l आइतबार काठमाडौंको आम्रपाली वैंकेटमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुन: अध्यक्षमा सर्वसम्मत भएकी छन् ।
फाउण्डेशनको चौथो सम्मेलनले सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारीसहित ३१ सदस्य कार्यसमिति गठन गरेको छ । मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेका हुन् l
नव निर्वाचित केन्द्रीय कार्य समितिले विभिन्न क्षेत्रगत ४ जना, प्रदेशबाट ७ जना र थप १४ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्नेछ । नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष मण्डलका अध्यक्ष तथा पूर्व शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सम्मेलनबाट डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा.डा. प्रेम सागर चापागाईँ, प्रा.डा. ध्रुवबहादुर कार्की, प्रा.डा. नन्दबहादुर सिंह, डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, डा. भेषराज अधिकारी, प्रा.डा. बद्रिविशाल पोखरेल, डा.विमला राई पौडेल, डा.कैलाश भण्डारी, रामशरण प्याकुरेल, डा.कालुसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा केन्द्रीय सदस्य चयन भएका छन् l
निर्वाचित अध्यक्ष भण्डारीले समाजिक न्याय, समानता, ज्ञान र विज्ञानमा आधारित विकासका लागि जबजको मार्गदर्शन अनुसार नयाँ कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाएकी छन् l
स्मरणीय : फोटो प्रधानमन्त्री ओलीको निजी सचिवालय l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...