नागरिक सम्मानद्वारा राष्ट्रिय धरोहर संस्थापक राजानन्द माण्डव्य सम्मानित
काठमाडौं: विगत एक दशकदेखि नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय पोशाक दिवस तथा राष्ट्रिय झण्डा दिवस स्थापना गर्दै नेपाली संस्कृति,धरोहर,सम्पदाको संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको हुनाले सांस्कृतिक अध्येता तथा अभियान्ता राजानन्द माण्डव्यलाई नागरिक समाजले नागरिक अभिनन्दन गरेको छ ।
नेपाल सरकारका रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष यामबहादुर जिसीको सभापतित्वमा गत बुधबार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमका बिच माण्डव्यलाई विशेष नागरिक क्रीयसन अवार्ड-२०८२ द्वारा राष्ट्रिय धरोहर संरक्षक वि धामा सम्मानित गरिएको हो ।
कार्यक्रममा विभिन्न विधा तथा क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।जसमा मेजर जनरल बाबुराम श्रेष्ठ, शिलापत्रका प्रमुख कार्यकारी अधिकृत बलराम श्रेष्ठ, अभियान्ता आशिका तामाङ, गायक हरिदत्त फुलारा, इन्द्रेणीका कृष्ण कंडेल, सङ्गीतकार रिदम कंडेललगायतलाई अभिनन्दन गरिएको थियो । माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बताउनु भएको छ ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।