एमालेको ‘युथ सेलिब्रेसन’का अधिकांश वक्ता ४० वर्ष मुनिका युवा

काठमाडौं: लोकतन्त्र पुनर्स्थापनाको दिन वैशाख ११ मा एमालेको युवा उत्सव (युथ सेलिब्रेसन) l भृकुटीमण्डप सम्पन्न गरेको छ l जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको उल्लेख गरेको छ l
एमालेले आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्व बताउने अवसरको रूपमा सेलिब्रेसनस्वरूप कार्यक्रम आयोजना गरेको जानकारी दिएको थियो l
कार्यक्रममा सहभागी हुन देशभरबाट पार्टीनिकट जनवर्गीय संगठनका युवाहरू काठमाडौंमा भेला भएका थिए ।कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन गरिएका थिए । कार्यक्रम स्थलमा कफीसप, फुडसप तथा युवाले उत्पादन गरेका सामानको स्टलसमेत राखिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण युवावक्ताहरू
यस कार्यक्रममा बोल्ने वक्ता पनि एमालेले युवाहरूमा १६ देखि २४, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० सम्म उमेर समूहको वक्ता छनोट गरिएको थियो l वकताहरू समावेशी रूपमा चयन भएका थिए l इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पीएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारीलगायत थिए । पार्टी नेतृत्वका तर्फबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मात्र सम्बोधन गरेका हुन् ।
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले गरेको भाषण विशेष चर्चामा छ l लोकतन्त्र दिवसका अवसरमा आयोजित यो कार्यक्रमलाई यति धेरै महत्व दिइनुको पृष्ठभूमि भने राजावादी गतिविधिलाई काउण्टर गर्नु नै रहेको एमाले नेताकार्यकर्ताको धारणा रहेको छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...