रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा प्रस्ताव,एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत
वैशाख,४ काठमाडौं: रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिने, आफू प्रतिनिधिसभाको जिम्मेवारीमै सीमित रहने प्रस्ताव पार्टी पंक्तिमा राखेकी छन् ।
पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीको अवधारणालाई सार्थकरूपमा व्यवहारमा उतार्न चाहेको उल्लेख छ ।
श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन् ।
श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन् ।
सुमनाको भनाइ यस्तो छ : सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगट्दा राम्रो सन्देश जाँदैन । त्यसमा अर्को व्यक्ति आउनुपर्छ ।पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनुपर्ने र यो आफ्नो विषय व्यक्तिगत नभई सैद्धान्तिक कोणबाट उपयुक्त रहेको जिकिर गरेकी छन् l
एक व्यक्ति एक पदको बहस चर्चामै रहेको भन्दै अब पार्टीमा यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् । नत्र रास्वपा अरू पार्टीजस्तै बन्न जाने उनको भनाई छ । रास्वपाले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेको विषय हो यो अन्यथा होइन l
सुमना श्रेष्ठको यो प्रस्तावबारे रास्वपाभित्र छलफल चलिरहेको छ । केहीले श्रेष्ठले आफूले भन्दै आएको विषय अघि बढाएको भनेका छन् ।केही केन्द्रीय सदस्यहरूले चाहिँ पार्टीको नेतृत्वले चरम प्रतिकुलता बेहोरिरहेको, अनि नागरिकमा फेरि निराशा भरिन सक्ने बेलामा आशा बाँड्न छाडेर सुमनाले गलत गरेको टिप्पणी गरेका छन् l
सुमनाको सहमहामन्त्रीबाट राजीनामाको प्रस्तावलाई कसैले सस्तो लोकप्रियताको लागि लिइएको कदम भनेका छन् भने कसैले सिद्धान्तलाई दृष्टान्त मान्ने प्रयत्नको रूपमा हेरेका छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...