मधेस प्रदेशका पूर्वप्रमुख डा.राजेश अहिराजलाई जक आरोपमा पक्राउ पुर्जी,अहिराज फरार

काठमाडौँ: अदालतले पक्राउ अनुमति दिएसँगै मधेस प्रदेशका पूर्व प्रमुख डा. राजेश (झा) अहिराज फरार भएका छन् ।फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँले जानकारी दिएको छ l
अहिराज विरुद्ध युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । २३ वर्षीया युवतीले उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप लागेको छ lपीडितको जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ l जबरजस्ती करणीको जाहेरी दर्ता गरेर आवश्यक अनुसन्धान हुँदैछ l
माघ २ मा महिला बालबालिका सेवा केन्द्रमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । यसअघि कालीमाटीमा रहेको महिला बालबालिका सेवा केन्द्रको कार्यालय अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरकै कार्यालयमा अवस्थित छ । झा २०७७ फागुन ७ मा केपी ओली प्रधानमन्त्री भएको बेला मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
स्मरणीय : फोटो सार्वजनिक संजालबाट साभार l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...