गौरहत्या काण्डमा निशानामा परिने भयले उपेन्द्र यादवको गठबन्धन छोड्ने चेतावनी
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरु सरकार र गठबन्धन छाड्ने चेतावनी दिएको हो । आफू निशानामा परिने भय व्यक्त गर्दै सरकार छोड्न सहजै तयार भएको धम्की प्रधानमन्त्री र गठबन्धन दललाई दिएका छन् l
जसपाले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छोड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।
पाण्डेले भने,‘गौर हत्याकाण्डका बारेमा उठ्यो । जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ । कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ ।’ बैठकमा उपेन्द्रले अलि भावुक किसिमले आफूलाई प्रस्तुत गरेको पनि स्रोतले दावी गर्यो l 'मोहमद अफ्ताद आलम कै स्थिति बन्ने हो कि भन्ने संसय यादवमा देखिन्थ्यो भने आलामकै नियति भए त के गर्न सकिन्छ र ? अदालतको पनि कुरा हो भन्ने तर्क पनि भएको थियो l'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...