सुनर अर लेटर सरकार ढाल्ने नै हो - कांग्रेस सांसद शर्मा

२८ साउन, काठमाडौं । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर संसद अवरुद्ध गरिरहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसमा पनि यस बारे छलफल भएको छ ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र प्रदीप पौडेलले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको जस्तै धारणा राखेका हुन l एमालेले उच्चस्तरीय समिति किन माग गरिरहेको छ भन्नेबारे कांग्रेसले पनि सोच्नुपर्ने‘’ नेता शेखरको भनाई थियो l नेपाललाई तस्करको अखडा बन्नबाट बन्द गर्न पनि उच्चस्तरीय आयोग बनाउनु पर्ने जोड कोइरालाको थियो l
‘यो सियो आएको होइन । एक क्विन्टल सुन आएको हो । अध्यागमन प्रशासन नमिलाइकन त्यो सुन नेपालभित्र छिर्नै सक्दैन । एयरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन’ नेता प्रदीप पौडेलले भने । आज तीनहप्ता भइसक्यो । भरिया मात्रै समातेको छ । भारी बोकाउनेलाई किन समातिएन आजसम्म ?’
कांग्रेस संसदीय दलको बैठकमा शुक्रबारदेखि आइतबारसम्म ५० जनाले आफ्नो विचार व्यक्त गरेका छन् । धेरैले सरकारप्रति असन्तुष्टि र गुनासो राखेका छन्, मन्त्रीबाहेक अरुले सरकारको पक्षमा धारणा राखेका छैनन् ।
सुनिल शर्मा पक्राउ बारे
शेखर कोइरालाले मोरङ–३ का सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्र छानबिनको आरोपमा पक्राउ गरेकामा विरोध गरे । पार्टीका सांसदलाई अपहरणको शैलीमा पक्राउ गरेकोमा नेता कोइरालाको आपत्ति थियो ।
सांसद सुनिल शर्माले उत्तर कोरियाको कम्युनिष्ट शासनको शैलीमा आफूलाई पक्राउ गरिएको बताए । उनले आफूलाई पक्राउ गर्नु न्यायिक वा गैर न्यायिक के हो भनी संसदीय दलको बैठकले निर्णय गर्नुपर्ने माग राखे ।
सांसद शर्माले सभापति र प्रमुख सचेतकले आफूलाई संसदमा बोल्न नदिएको आरोप लाए । ‘पञ्चायतजस्तो बोल्न दिनुभएन भने म विद्रोह गर्छु । सभामुखसँग समय माग्छु’ उनले भने । सांसद शर्माको अभिव्यक्तिलाई लिएर संसदीय बैठकमा आरोप प्रत्यारोप पनि चलेको थियो l वीर बहादुर बलायर र केही सांसद फन्केर हिंडेको कुरा सुनिल शर्माले पत्रकार सामु बताए l सुनर अर लेटर सरकार ढाल्ने नै हो l हामी त्यहीं जाने नै हो l
अर्थमन्त्री महत पनि कडकिए
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता प्रमाणित गर्न चुनौती दिए । ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ,’ उनले भने । उनले आफूलाई लठ्ठु र बेकामे भनिएको भन्दै आक्रोशसमेत पोखे ।
नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने, यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्र्याक रेकर्ड र संस्कार दुबै नभएको उनले बताए ।
यदि पार्टीका कुनै साथीलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न सक्ने समेत उनले बताए । ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिन साथीहरुलाई शंका लाग्छ भने भन्नुस्’ डा. महतले भने, ‘यो (बाहिर बोल्दै हिड्नु) ठीक हो ? पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनु पर्दैन ?’
डा. महतले शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताएका छन् । ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन्’ उनले भने । अरू थुप्रै सांसद सदस्यहरूले सुनिल र महतको पक्ष विपक्ष सहित सरकारको पक्ष विपक्षमा मत बझाएका छन् l आजसम्म ५० जना सांसदहरूले आफ्नो विचार राखेको र भोलि सम्म बाँकी सदस्यहरू बोलेर सकिएपछि बैठकको निर्णय आउने संसदीय दलका प्रवक्ता रमेश लेखकले बताए l
अकबरेडटकम ( akabarey.com ) टिप्पणी : कांग्रेसमा हरेक विषयमा सांसदहरू आफ्नो विचार राख्न स्वतन्त्र छन् यद्दपि निर्णय सभापतिको इच्छा बमोजिम हुनेगर्छ l akabarey.com परीक्षण प्रसारणमा छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...