जनमत पार्टीबाट सामान्य प्रशासन मन्त्री बन्न लागेकी अनिता शाह को हुन् ?
जनमत पार्टीबाट प्रतिनिधित्व गर्ने अनितादेवी सङ्घीय मामिला तथा सामान्य मन्त्री बन्दैछन् l यसर्थ उनको बारेमा जान्न खोज्ने पाठकको लागि उनको बारेका केही जानकारी पस्कनु हाम्रो दायित्व हो l अनिता साह किसान आन्दोलनको अग्रमोर्चा सम्हालेकी निडर नेत्तृको रूपमा जनमत वृतमा परिचित छन् l उनकै नेत्तृत्वमा धनुषाको पोर्ताहामा आन्दोलन हुँदा प्रहरीले गोली चलाएका थिए र सो गोली लागेर उनको श्रीमान्का साथै अन्य चार जना कार्यकर्ताहरू घाइते भएका थिए।
उनलाई पछि पटक-पटक घेरा हालेर प्रहरीले कुटपिट समेत गरेका थिए। सो आन्दोलनबाट पार्टीमा प्रवेश गरेकी शाहलाई जनमत पार्टीले धनुषा जिल्लाको इन्चार्ज बनाएको थियो l उनले पार्टीलाई वडा-वडासम्म अधिवेशन गराएर पार्टी विस्तार गर्न पनि प्रमुख भूमिका निर्वाह गरेकी थिइन् l जनकपुरमा भएको जनमत पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष भएर भूमिका निर्वाह गरेकी शाह हाल जनमत पार्टीको राष्ट्रिय सचिव हुन् l संसदीय दलको प्रमुख सचेतक समेत रहेकी शाह पपुलेशन विषयकी स्नातक हुन् l माओवादी पदाधिकारी बैठकले सरकारमा रहेका आफ्ना सदस्य अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीकी अनिता शाहलाई प्रचण्ड सरकारमा लैजाने भएको छ l
जनमत पार्टीका अध्यक्ष डाक्टर सिके रावतले शाहको नाम केही दिन पहिले नै सिफारिस गरेको भए पनि शाहको सपथ भोलि १० बजेको लागि तयारी गरिएको छ l माओवादी पार्टीको कोटामा परेको मन्त्रालय जनमत पार्टीलाई दिने गरी सत्ता गठबन्धनमा गत असारमा नै सहमति भएको थियो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...