डा.रत्नबहादुर कार्की सम्मानित

जफे- झुले सुतार कार्की सरोकार समाजले आज काठमाडौँको शान्तिनगरमा सम्मान समारोह आयोजना गरी भर्खरै विद्यावारिधि सम्पन्न गरेका डा. रत्नबहादुर कार्कीलाई सम्मान गरेको छ ।
कार्यक्रम सुतार कार्की सेवा-समाजको केन्द्रीय अध्यक्ष श्री दिव्यध्वज कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जफे-झुलेका कार्की परिवारको सघन उपस्थिति रहेको थियोे । डा. कार्की दोलखा जिल्ला तामाकोसी गाउँ पालिका झुले थात थलो भएका व्यक्ति हुन् l
कार्यक्रममा राजनीतिज्ञ वसन्तराज कार्की, समाजसेवी देवराज कार्की, पूर्व प्रशासक शिव कार्की / अवकाशप्राप्त ब्रिगेडियन जनरल विजयध्व कार्कीलगायतले बधाई तथा शुभकामना दिएका थिए । डा. कार्कीले चेक रिपब्लिक विश्वविद्यालयको फ्याकल्टी अफ एग्रीकल्चर एण्ड टेक्नोलोजीबाट 'नेपालको पहाडी क्षेत्रमा दीगो कृषिको संभावना' विषयमा विद्यावारिधि [ पीएचडी ] पूरा गरेका हुन् । कार्की कुलमा जन्मिएर डा. कार्कीले गर्नुभएको प्राज्ञिक कर्म र स्वदेशमै रहेर कृषि क्षेत्रमा पुर्याउनु भएको निस्वार्थ सेवाको प्रशंसा गर्दै यो सम्मान प्रदान गरिएको सुतार कार्की सरोकार समाजको भनाइ छ ।
कार्यक्रममा युवा गायक नवीन कार्की, डा. प्रेरणा भट्टराई कार्की, कवि तथा निबन्धकार श्रीबाबु कार्की, गजलकार जीत कार्कीलगायत कार्की परिवारका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूको समेत विशेष उपस्थिति रहेको थियोे ।
सम्मानित डा. रत्नबहादुर कार्कीले आफ्ना वंशजको सम्मान र प्रेरणाले आफू अनुगृहित रहेको कुरा भावुक भएर सुनाएका थिए l स्वदेशमै रहेर देशका लागि केही गर्ने अठोट बोकेकाले आफ्नो विद्यावारिधि केही समय ढिलो भएको प्रसङ्ग सुनाउँदै कार्कीले आफ्नो विज्ञता समाज र देशको लागि अर्पण गर्ने प्रतिवद्धता सहित सम्मानको लागि कृतज्ञाता प्रकट गरेका थिए l
विदेशमा थुप्रै अवसर पाउने अवस्था भए पनि स्वदेशमा नै बसेर कृषि क्षेत्रमा योगदान गर्दै गरेका डा.कार्की कुलको मात्र होइन देशकै रत्त्न रहेको कुरा सम्मान समरोहमा उपस्थित कार्कीहरू सुनाउँदै रत्नलाई बधाई ज्ञापन गरिरहेका थिए l
नेपालको कृषि क्षेत्रमा कार्कीको योगदान उलेख्य र विशेष रहने विश्वास गर्दै akabarey.com कार्कीको प्राज्ञिक उन्नयनमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछ l
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ ।
सरकारी सिट बढ्नुपर्नेमा निजि मेडिकल कलेजलाई सिट थप दिएर सरकारले सरकारी मेडिकल कलेजलाई उपेक्षा गरेको...