सामाजिक न्याय अभियान कर्णाली प्रदेश केन्द्रित विशेष सम्वाद

साउन ,२७, नेपाल ल क्याम्पसको हलमा आज सामाजिक न्याय अभियान कर्णाली प्रदेश केन्द्रीत विशेष सम्वाद कार्यक्रम सम्पन्न भयो l पूर्व राजदूत डा. निर्मल विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नु भएको सो कार्यक्रममा कार्यपत्रमाथि समाजसेवी तथा मानवाधिकारवादी डाक्टर होमराज आचार्य, विद्यार्थी नेता राजेश नेपाली र प्रेम विकले टिप्पणी गर्नु भएको थियो l सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य भुवन सुनार हुनुहुन्थ्यो l
त्यस्तै गरी विशिष्ट अतिथि वक्ताको रूपमा तारा विक हुनुहुन्थ्यो, कार्यक्रममा अध्येता सञ्जीव कार्की र कर्णाली क्षेत्रका दलित विधार्थीहरू लगायत देशका विभिन्न भागका विद्यार्थीहरूको सहभागिता थियो l
दलित मुक्तिको सवालमा दलित विषय, दलित चेतना, दलित सौन्दर्य, दलित दार्शनिकी, अबको दलित आन्दोलन, दलित एकता, दलित र गैर दलित बिचको सहकार्य र संघर्ष , दलित मुक्तिको लागि बाधक धर्म, दलितको दुश्मन पक्ष जस्ता यावत विषयमा वक्ताहरूले आ आफ्नो धारणा प्रस्तुत गरेका थिए l विभिन्न अधिकारकर्मी राजनीतिज्ञ र विद्यार्थी बीच व्यापक विमर्श सहित सम्पन्न भएको कार्यक्रमको सभापतित्व तिलक धेत्मालले गरेका थिए भने संचालन जीवन विकले गरेका थिए l
बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो l
सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार रु ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिव...
मलाई विभेद गर्दा सुन्ने स्टाफले अहिले पनि हामीले सुनेनौँ भन्नुहुन्छ । विभेदको पीडा भोग्नेलाई मात्र थ...