देवराज कार्कीको अध्यक्षतामा अमर मावि पूर्वविद्यार्थी समाज गठन

काठमाडाै २७ साउन । दोलखाको तामाकोसी गाउँपालिका-२ झुलेमा बि.सं. २००८ सालमा स्थापित श्री अमर माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्याथीहरूले पूर्वविद्यार्थी समाज गठन गरेका छन् ।
विभिन्न समयमा यो विद्यालयमा अध्ययन गरेका विद्यार्थी शनिवार काठमाडौंको शान्तिनगरमा भेला भई ‘श्री अमर मावि पूर्व विद्यार्थी समाज’ गठन गरेका हुन् ।
उक्त भेलाले देवराज कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन गरेको छ । समितिका उपाध्यक्ष दिपक केसी, महासचिव सुरेश काफ्ले, सचिव बरूण पाख्रिन, कोषाध्यक्ष प्रेम कार्की छन् । यस्तै जिवसराज खड्का, हिमालय कार्की, उमेश कार्की, सविता न्यौपाने, रोशन काफ्ले र पवन महत सदस्य रहेका छन् ।
“विभिन्न क्षेत्रबाट आर्जित ज्ञान, सीप, अनुभव र दक्षता थोरै मात्रामा भए पनि आफूले अध्ययन गरेको विद्यालयमा समर्पण गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाज गठन गरिएको हो,” अध्यक्ष कार्कीले भने । ‘जसरी मानिसले पहिलोपल्ट श्वास लिएको हावा, टेकेको माटो र पिएको पानीप्रति उसका विशेष कर्तव्य हुन्छन्, त्यसरी नै शिक्षारम्भ गरेको पवित्र स्थलप्रति विद्यार्थीहरूको पनि केही दायित्व र वहन गर्नुपर्ने अभिभाराहरू रहन्छन्,सोही भूमिकाको खातिर हामीले पूर्व विद्यार्थी समाज गठन गरेर पवित्र कर्मका लागि हातेमालो गरेका हौँ ।’कार्कीले भने l
कार्यक्रममा यो विद्यालयमा अध्ययन गरी स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसाय गरी बसेका विद्यार्थीको जमघट थियो । चर्चित सत्याग्राही प्रा.डा. गोविन्द के.सी. नेपाल सरकारका पूर्व-सचिव देवेन्द्र कार्की, नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका कार्यक्रम निर्देशक रत्न कार्की, राजनीतिक विश्लेषक बाबुकाजी कार्की, समाजसेवी भाइकृष्ण काफ्ले, साहित्यकार श्रीबाबु कार्कीलगायत आआफ्नो पेशा व्यवसायमा रहेका पाँच दर्जन पूर्वविद्यार्थीहरूको उपस्थित रहेको थियो ।
समाजले ६ महिनाभित्र संस्थाको विधान मस्यौदा गरी, जिल्ला प्रशासन काठमाडौंमा विधिवतरूपमा समाज दर्ता गर्ने लक्ष राखेको छ । संचयकोषका पूर्व कर्मचारी देवराज कार्की श्री अमर माध्यमिक विद्यालयका पूर्व विधार्थी मात्र नभएर पूर्व प्रधानाध्यापक समेत हुन । हिमालय कार्कीको संयोजनमा उक्त कार्यक्रम शान्तिनगर स्थिति सिद्धेस्वर माविको हलमा भएको थियो l
Akabarey.com टिप्पणी – सामुदायिक विद्यालयहरूको घट्दो साख र विद्यार्थी सङ्ख्याको न्यूनतालगायत विषयमा यो समाजले मुलुकको सामुदायिक शिक्षालाई नै मार्ग निर्देश गर्ने गरी काम गर्नु वान्छनीय देखिन्छ । akabarey.com परीक्षण प्रसारणमा छ ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...