याेगी नरहरिनाथको १११ औँ जन्मजयन्ती

काठमाडौ-याेगी नरहरिनाथ अध्ययन केन्द्रकाे अयाेजनामा हिमबतखण्ड गाैरव दिवस एवं राष्ट्र गुरू याेगी नरहरिनाथको १११ औँ जन्म जयन्ती काठमाण्डाैकाे प्रदर्शनी मार्ग स्थित वाल्मीकि विद्यापीठमा एक अन्तरक्रिया कार्यकर्म गरी फाल्गुन १७ गते मनाइयो । कार्यक्रमका प्रमुख वक्ता मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह थिए भने अन्य वक्ताका रुपमा संकृतिविद् तथा पशुपति विकास कोषका पूर्व सचिवगोविन्द टन्डन र विश्व हिन्दु परिषद नेपालका अध्यक्ष अध्यक्ष देवराज अधिकारी थिए l
को हुन् योगी नरहरिनाथ ?
वि.सं.१९७१ फागुन १७ गते कालिकोट जिल्लाको हाल नरहरिनाथ गाउँपालिमा वडा नम्बर ८ चाखा भडारी बाडामा रहरिनाथको जन्म ललितसिंह थापा र गौरा देवी थापाका पुत्रको रूपमा भएको थियो l योगीको वास्तविक नाम बलवीर सिंह थापा थियो । भारद्वाज गोत्री बझाङ्गी सिंह ठकुरीहरू कै वंसजका सन्तति पछि थापा पद सुरक्षाकर्मीका रूपमा राज्यको दायित्व लिदा पाएको कुरा उनका परिवारजनहरूको दावी छ । गुरु योगी जन्मेको घरमा १२ जना परिवार थियो भने योगी नरहरिनाथ माहिलो सन्तान थिए । योगीलाई ललितसिंह थापाले ८ वर्षको उमेरमा मालिका,कैलाश, खप्तड आदि तीर्थहरू जुहार्न लगेकै कारण कतै दैवी कृपा हुन पुगेको र बालक बलवीरलाई लेखपढ् गराउन भनेर योगीका मूलगुरु महन्त क्षिप्रानाथले १३ वर्षको उमेरमा जुम्ला जिल्लाको सान्नी रास्कोट दराको लालुगाउँबाट खलंगा लिएर गए । बाल्यकालकाे समय गाउमै व्यतित गरेपनि १३ वर्षकाे उमेरमै माता पिताकाे संरक्षणबाट टाडाभै " सुखार्थी चेत् त्यजेव्दिद्यां विद्यार्थि चेत्त्यजेत्सुखम् । सुखार्थिन: कुताे बिद्या सुखंबिद्यार्थीन: कुत: "। भनेझै विविध परिस्थितिका कारण गृह त्याग गरेका बलवीर सिंह श्री योगी नरहरिनाथ बन्नसफल भए । सुरूवातमा भारतकाे हरिद्वार पुगेर पूर्वीय आध्यात्मिक क्षेत्रको ज्ञान हासिल गर्दै विभिन्न स्थानहरूमा पुगी अफ्नाे ज्ञान र अनुभवलाई अग्रता दिदै शिद्ध प्राप्त गरेका बहुआयामिक प्रतिभाका धनि, याेगी नरहरिनाथ देशका २ वटा आँखा (भुगाल अनि इतिहास) मध्य दुवै आँखा रूपि क्षेत्रका अब्बल दर्जाका प्रखर व्यक्तित्व थिए l उनले देशकाे भूगाेल इतिहास, संस्कार संस्कृति, प्राकृतिक सम्पदा, वन जंङ्गल जडिबुटि खाेलानदीनाला छाङ्गा छहरा हिमाल पर्वत, धर्म जातजाति, रहनसहन शैक्षिक पाटाे वेदपुराण एवं आयुर्वेदिक चिकित्साकाे क्षेत्रमा समेत ज्ञान भएका व्यक्ति थिए l
नरहरिनाथले नेपालकाे भूगाेल ईतिहास सस्कार संस्कृति शैक्षिक अवस्था भुराजनैतिक परिबेस एवं छिमेकी राष्ट्रहरूले हेर्ने दृष्टिकोण भविष्यको संभावना आदिका बारेमासमेत उल्लेख गर्दै हिमवत खण्ड नामक पुस्तक लगायत तिब्बतदेखि अन्तर्राष्ट्रिय स्तर सम्म अध्ययन श्रीलंकासम्म र अफगानिस्तानदेखि म्यानमारसम्मका मठमन्दिरहरूमा सत्संग गर्दै इतिहास,भाषा र संस्कृतिको अथाह ज्ञान आर्जन गरेका योगी नरहरिनाथको १११ औं जन्म जयन्तीको अवसरमा कार्यक्रमका प्रमुख अतिथिले योगीको योगदानलाई सम्मान गर्दै भविष्यमा राज्यले नै सम्मान गर्ने ठाउँमा पुर्याउन आफू निरन्तर लागी पर्ने बताए ।
योगीको जन्म जयन्ती समारोहमा वक्ताहरूले विद्यालयदेखि विश्वविद्यालसम्मको कोर्समा योगीको जिवनी पढाइ हुनुपर्ने र योगी नरहरिनाथलाई राष्ट्रिय विभूतिको रुपमा सम्मान गर्नुपर्ने बताएका थिए । योगीको योगदान अनुसारको सम्मान नभएको हिजो भन्दा आज झन भुल्दै गएको कुरा संस्कृतिविद् डा. गोविन्द टन्डनले बताए । उनीसँग बिताएका क्षणहरू विश्व हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष देवराज अधिकारीले सुनाएक थिए l
अन्तरक्रिया कार्यक्रममा डा. कमल राज शर्मा, सपादलक्ष कर्णालीका लेखक माधव चौलागाईं लगायतले योगी नरहरिनाथ एक व्यक्ति मात्र नभएर असाधारण मान्छे भएको हुदा उहाँको योगदानलाई सबैले सम्मान गर्नै पर्ने उल्लेख गरेका थिए ।
गायक शिशिर योगीले ;छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु; भन्दै योगी नरहरिनाथ जस्तै मान्छे खोजिरहेको कुरा सुनाए l अन्तरक्रिया कार्यक्रमको अन्त्यसम्म योगी नरहरिनाथको संघर्ष, योगदान र समाधान सम्बन्धि छलफल गरिएको थियो । आयोजक योगी नरहरिनाथ अध्ययन केन्द्रका अध्यक्ष गोविन्द विष्टले हाम्रो समाज विभिन्न नाममा विभाजित समाजलाई एकता कायम गर्नुपर्ने र अहिलेका युवाहरू टिकटक, फेसबुकमा मात्र सिमित नभएर आफू जन्मेको देशको इतिहास ,संस्कृति सम्बन्धी पनि रुचि भएको सन्देश दिन खोजेको बताउदै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमको सन्चालन भीम विष्ट र धिरेन्द्र चन्द सोडारीले गरेका थिए ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।