दलितका लागि दलितको प्रदर्शनमा गृहमन्त्रीको राजिनामा माग

काठमाडौँ, १२ फाल्गुन- दलिताका लागि दलितको आव्हानमा आज भएको प्रदर्शनमा दलित समुदायले
गृहमन्त्री रमेश लेखकमाथि कारबाही र दलितमाथिको विभेद अन्त्यको माग गरी प्रदर्शन गरेका छन्। सरकारलाई दबाब दिन उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली लिएर पुगेका थिए l दलितका लागि दलितका संयोजक खगेन्द्र सुनारको अगुवाईमा भएको कार्यक्रममा जातीय हिँसा र अपमान भोगेका नवराजविक लगायतका परिवारको पनि उपस्थिति थियो l
दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, अन्तरजातिय विवाह गर्दा गरिने जातीय हिंसा बन्द गर, दलितलाई खै ? लगायतका नारा लेखिएका ब्यानरसहित दलितहरूले प्रदर्शन गरेका हुन् ।
अन्तरजातीय विवाह गर्ने सत्येन्द्र राम र नेहा रौनियारको जोडीलाई गृहमन्त्री लेखककै निर्देशनमा पटक–पटक पक्राउ गरिएको विषयमा दलित अधिकारकर्मीले उनीमाथि छानविन र कारबाहीको माग गर्दै आएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले सो घटनाको अनुसन्धान गरिरहेको छ । गत असोज तीन गते विशाल प्रदर्शन गरेको 'दलितका लागि दलित र 'दलितलाई खै ?' अभियानले आज पनि विशेष प्रदर्शन गर्दै आगामी असोज तीनमा एक लाख दलितले काठमाडौँ घेर्ने तयारी गरेको र दलितलाई खै अभियान सांगलो सहित देशभर अब प्रदर्शनमा होमिने पनि खग्रेन्द्र सुनारले उक्त सभामा जानकारी गराएका थिए l
अब दलित जागिसकेको हुनाले अन्याय सहेर नबस्ने दलितको मुद्दामा देशव्यापी रूपमा लडन तयार रहँ पनि सुनारले आग्रह गरेका थिए l गृहमन्त्री र सरकारलाई बारम्बार चेतावनी दिंदै सुनारले अब गृहमन्त्री विरुद्धं अदालतमा जातीय विभेदको मुद्दा दायर गर्ने तयारी रहेको पनि अवगत गराएका थिए l
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...