रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन

नयाँ पत्रिका दैनिक-सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु भएकी सिराहाकी रिंकुकुमारी सदाय र भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको अस्वाभाविक मृत्यु घटनामा न्याय माग्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।
सिराहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले शुक्रबार ‘रिंकु र प्रकृतिलाई न्याय दे’, ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’लगायतका नारासहित बजार क्षेत्र परिक्रमा गरेका छन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीले दुवै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिन खोजिएको बताए । रिंकुले २७ माघको राति आफूलाई घरबाटै अपहरण गरेर सामूहिक बलात्कार गरिएको जानकारी गराउँदासमेत पञ्चायतीले आर्थिक लेनदेनमा घटना सामसुम पार्ने निर्णय गरेको थियो । ३० माघको साँझ उनी घरमै मृत भेटिइन् । त्यसैबिच, मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री राजकुमार लेखीले शुक्रबार पत्रकार सम्मेलन गर्दै रिंकु सदायको मृत्यु प्रकरणसँग जोडिएका आरोपी छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।
यसैबिच, दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार र अन्तरजातीय विवाह गर्ने जोडीमाथि राज्यसंयन्त्रकै संलग्नतामा भइरहेको दमन गर्नेहरूमाथि कडा कारबाही गर्न सरोकारवालाले माग गरेका छन् ।
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...
अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ ।