सत्येन्द्र नेहा अन्तर्जातीय विवाह प्रकरण बारे राष्ट्रिय दलित आयोगले प्रहरी महानिरीक्षकसँग लियो स्पष्टीकण र दियो कारबाही गर्न निर्देशन

काठमाडौँ- राष्ट्रिय दलित आयोगले सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीमाथि राज्यबाट भएको अत्याचारको घटनाका विषयमा सत्यतथ्य छानबिन गरी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
बिहीबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत उच्च अधिकारीलाई राष्ट्रिय दलित आयोगले बोलाएर उक्त मुद्दासहित विभिन्न अरू मुद्दा र समुदायमाथि भइरहेका अन्याय र अत्याचारका घटनामा गम्भीर भएर कानुनी उपचारका लागि पहल गर्न निर्देशन दिएको छ । आयोगको चासो थियो के भयो के भइरहेको छ ? न्याय सम्पादनमा बिलम्ब नहोस् कसैको प्रभाव नरहोस् l
आयोगले सत्येन्द्र र नेहाको जोडी छुटाउन खोज्ने, पक्राउ गर्ने र यातना दिनेविरुद्ध छानबिन गरी कारबाही गर्न निर्देशन दिएको आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले जानकारी दिएका छन् । आयोगमा भएको उक्त छलफलका क्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा सदस्यहरूले सो घटनाको विषयमा प्रहरीसँग सोधपुछ गर्दै घटनामा संलग्न जोसुकैलाई भए पनि कारबाही गर्न निर्देशन दिएका छन् l
राष्ट्रिय दलित आयोगका प्रवक्ता पुर्कुटीले प्रेस नोट जारी गर्दै सत्येन्द्र र नेहाको सुरक्षामा ध्यान दिन पनि निर्देशन दिइएको जनाएका छन् । घटनाको विषयमा दलित आयोगले चासो नदिएको भन्दै दलित अधिकारकर्मीहरूले गत आइतबार ज्ञापनपत्र बुझाएका थिए। घटना बाहिरिएको १० दिनपछि बल्ल आयोगले यो विषयमा चासो लिएको हो।
के थियो घटना ?
सर्लाहीका २० वर्षीय सत्येन्द्र र २० वर्ष पुग्न केही दिन मात्र बाँकी रहेकी उनकी प्रेमिका नेहाले गत साउन २५ गते घरबाट भागेर विवाह गर्ने निर्णय गरेका थिए । नेहाका बुबा सुरेन्द्रको भारतमा उपचार भइरहेको बेला यो घटना भएको थियो । छोरी हराएको थाहा पाएपछि सुरेन्द्र नेपाल फर्केर खोजतलास सुरु गरे र उनका काकाले प्रहरीमा उजुरी दर्ता गराए । सत्येन्द्रको परिवारले नेहालाई भेट्टाएर एक सातापछि प्रहरीमार्फत नेहाको परिवारलाई जिम्मा लगाए ।
तर, केही समयपछि सत्येन्द्र र नेहा फेरि भागे । नेहाका बुवाले कात्तिक ८ मा सत्येन्द्रसहित ९ जनाविरुद्ध अपहरणको आरोपमा प्रहरीमा उजुरी दिए पनि प्रहरीले उनीहरू बालिग भएको र आफूखुसी हिँडेको भन्दै जाहेरी लिन मानेन । त्यसपछि सुरेन्द्रले सत्येन्द्र, उनका बुबाआमालाई बालविवाहको कसुरमा जाहेरी दिए, जुन जाहेरी कात्तिक २५ मा दर्ता भयो । प्रहरीले अनुसन्धानपछि पुस २ मा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दाको मिसिल बुझाएको थियो ।
सत्येन्द्र र नेहाको बालविवाहको घटनामा प्रहरीको भूमिका र त्यसपछिका घटनाक्रमले विवाद उत्पन्न गरेको छ । नेहाका बुवा सुरेन्द्रले छोरीको उमेर नपुगी विवाह भएको भन्दै उजुरी दिएपछि सुरु भएको यो घटनाक्रममा, प्रहरीले सत्येन्द्रलाई पक्राउ गरी सर्लाही अदालतमा पेस गरेको थियो ।
पछि धरौटीमा छुटेका सत्येन्द्रले सर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालतले दुवै बालिग भएको प्रमाण र उनीहरू एकअर्कासँग बस्न राजी भएको भन्दै नेहालाई सत्येन्द्रको जिम्मा लगाउने आदेश दियो ।
यस घटनामा, सुरेन्द्रले प्रहरीको सहयोगमा भारतको मुम्बईसम्म पुगेर सत्येन्द्र र नेहालाई पक्राउ गरेर ल्याएको यातना दिएको र अन्तरजातीय विवहाको कारण यो जोडी छुटाउन चाहेको र यसमा गृहमन्त्री र प्रहरी महानिरीक्षकको संलग्नता रहेको दाबी गर्दै आन्दोलन विरोध प्रदर्शन पनि भइरहेको छ l
दलितका लागि दलित अभियानक संयोजक खगेन्द्र सुनारले राष्ट्रिय दलित आयोगमा यस विषयको ध्यानाकर्षण गराएका छन् भने गृहमन्त्रीको राजीनामाको माग लिएर उनी आन्दोलनरत छन् l
राष्ट्रिय दलित आयोगद्वारा जारी प्रेस नोट :
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...