Gita4Life अभियानको तर्फबाट प्रा.डा. हेमराज पन्तलाई 'योगी'को उपाधि

धनगढी, माघ ३०-Gita4Life अभियानको तर्फबाट प्रा.डा. हेमराज पन्त धनगढी उमहानगरपालिका तारानगर, कैलालीलाई २०८१ माघ ३० गते 'योगी' को उपाधि प्रदान गरिएको छ l Gita4Life अभियानका केन्द्रीय संयोजक डा. हरिचन्द्र कमलीले प्रा.डा. हेमराज पन्त योगी'' को उपाधिबाट सम्मानित हुनुभएको जानकारी दिनु भएको छ l
प्रा.डा. हेमराज पन्तलाई प्रदान गरिएको उपाधिमा लेखिएको छ : 'धनगढी उमहानगरपालिका तारानगर, कैलाली योगी हेमराज पन्त ज्यू,
सुदुर पश्चिम प्रदेशको धनगढीमा स्थित कैलाली बहुमुखी क्याम्पसको स्थापना कालदेखि नै आबद्ध रहँदै, दुई दशक भन्दा बढी उक्त संस्थाको प्रमुखको रुपमा जिम्मेवारी बहन गर्दै, यस संस्थालाई देशको नै नमूना उच्च शैक्षिक संस्थाको रूपमा विकास गर्दै, यस क्षेत्रका नागरिकलाई उच्च शिक्षाको सुलभ उपलब्ध गराउनका साथै, सुदुर पश्चिम विश्वविद्यालयको रजिस्ट्रार पदको जिम्मेवारीमा रहेर यस क्षेत्रको उच्च शिक्षाको विकासमा नेतृत्वदायी भुमिका निर्वाह गरेर उच्च शिक्षाको क्षेत्रमा एक सच्चा कर्मयोगीको रुपमा समर्पित हुनु भएको हुँदा,तपाईंको सम्मानका लागि धनगढी उमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमको पावन अवसरमा, जीवनका लागि गीता ज्ञान अभियान (Gita4Life Campaign) को तर्फबाट तपाईंलाई "योगी" को उपाधि द्वारा अभिनन्दन गर्दछौ।'
हरे कृष्ण! ॐ तत् सत् !
प्रा.डा. हेमराज पन्तलाई प्रदान गरिएको योगी उपाधिको सम्मान पत्र:
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...
सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो ।
हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाल...