भारतको प्रयागराज कुम्भ मेलामा भागदौड हुँदा, कम्तिमा डेढ दर्जन मानिस हताहत

काठमाडौं- भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा दर्जनौं व्यक्ति हताहत भएको जानकारी विभिन्न विदेशी समाचार माध्यमले दिएका छन् l विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भ १३ जनवरीदेखि सुरु भएको मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।
तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गरेको छ ।
गएराति भएको भागदौडमा कम्तिमा १२ जनाको मृत्यु भएको भारतीय मिडियाहरूले लेखेका छन् ।बीबीसी सिएनएन आदिले मेलामा सहभागी अन्य कयौंले डेढ दर्जन बढी मारिएको खबरहरू सार्वजनिक संजालबाट प्रेषित गरिरहेका छन् l
भारतीय मिडियाहरूमा पनि मृतकको सङ्ख्याबारे फरक फरक जानकारी आएका छन् l भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।
मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी अहिलेसम्म उपलब्ध गराइएको छैन ।
भागदौडको घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् ।
लगत्तै मुख्यमन्त्री योगी आदित्यनाथले संगम स्थलतर्फ जाने प्रयास नगरी गंगा किनारमा जो जहाँनेर छ, त्यहीँनेर स्नान गर्न आह्वान गरेका छन् । उनले प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा ध्यान नदिन पनि अनुरोध गरेका छन् ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...