'फोस्कट्रोट चार्ली' र 'अपरेशन क्वाक,मा सुनिल शर्मा सहित समातिएका अन्य किर्ते कसुरका डाक्टरहरू

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित दुई डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले डाक्टर अमृत चौधरी र रञ्जितकुमार यादवलाई पक्राउ गरेको हो उनीहरूलाई बिहीवार साँझ पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन् l उनीहरू दुवैजना त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका थिए । यही प्रकरणमा नेपाली कांग्रसका सांसद सुनिल शर्मालाई हिजै गोल्फुटारबाट ब्यूरोले पक्राउ गरिसकेको छ ।
सीआईबीले फोस्कट्रोट चार्ली नामक अप्रेशन अन्तर्गत उनहरूलाई पक्राउ गरेको हो ।
सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अप्रेशन चलाउँदै आएको छ । त्यो बेलामा सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए भने २०७७ सालमा पश्चिम चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतमसहित ७ जना पक्राउ परेका थिए । त्यसपछि २०७८ सालमा ७ जना नक्कली डाक्टर पक्राउ परेका थिए भने अहिले ३ जनालाई सीआईबीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनालाई सीआईबीको हिरासतमा राखिएको छ । फोस्कट्रोट चार्ली नामक अप्रेशन नाम दिएको आजको पक्राउ रहेको छ भने विगतमा अपरेशन क्वाक नाम दिइएको थियो l
उनीहरूलाई शुक्रवार आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी छ । सुनिल शर्मा नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी हुन् l १०० केजी सुन पक्राउ प्रकरणदेखि अर्थमन्त्री र गृहमन्त्रीको राजिनामा माग्दै आएका सांसद शर्माको प्रविणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका छन् l
akabarey.com (अकबरे.कम ) परीक्षण प्रसारणमा छ l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...