कुल भनेर पुज्दै आएको चम्कने ढुंगाको मूल्य करिब पचास लाखको हाराहारी

गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरमा कुलदेवताको रूपमा छोपेर राखिएको शिलालाई एकदिन शाहीले चासो लागेर खोलेर हेर्दा चम्किएको देखेपछि उक्त शिलाको फोटो खिचेर सामाजिक सन्जालमा राखे । जसको कारण उनको घरमा ढुङ्गा हेर्न आउनेको भीड लागेको र सो ढुङ्गा बहुमूल्य पत्त्थर भएको सूचना प्रहरीकोमा पुग्यो र असार १४ गते प्रहरीले ढुङ्गा कार्यालयमा लगेर राख्दै ढुङ्गा र ढुङ्गा धनीको सुरक्षाको लागि पहल चालिएको बतायो l विभिन्न अनुसन्धान र खोजले सो चम्किलो ढुङ्गा,चम्किलो पत्थर मूल्यवान क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ l खानी तथा भूगर्भ विभाग काठमाडौंबाट भूगर्भविदको टोली गएर परीक्षण गरेको थियो l भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले टल्किने ढुङ्गा परीक्षण गरेर प्रमाणित गरेसँगै स्थानीय प्रशासन त्यसलाई राज्यकै सम्पत्ति बनाएर राख्ने रणनीतिमा लागेका छन् l
akabarey.com (अकबरे.कम ) परीक्षण प्रसारणमा छ l
विभागकी भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले बुधबार गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र एसपी अनुपम श्रेष्ठलाई नमुना परीक्षणबारेको जानकारी पत्र बुझाएका थिए। ‘खानी तथा खनिज पदार्थ ऐन २०४२ अनुसार अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ कानूनी व्यवस्था देखाउँदै विभागले क्रिस्टल जफत गरेर आफ्नो संग्रहालयमा राख्न चाहेको छ।
स्थानीय प्रशासनले गोरखाको म्युजियममा राख्न खोजेको। तर, त्यसका धनीलाई क्षतिपुर्ति दिने वा कारबाही गर्ने निर्णय भएको देखिएन।
शाही परिवारले सो पत्थर पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएको खुलिसकेको छ। पत्थर कहाँबाट ल्याइएको हो एकीन हुने प्रमाण न परिवारसँग छ न प्रहरीसँग ?
क्वार्जको अन्तराष्ट्रिय बजारमा गुलाबी क्रिस्टल क्वार्जको मूल्य रहेको देखिन्छ।
सेतो क्रिस्टल क्वार्जको मूल्य प्रतिकिलो पाँच हजार अमेरिकी डलरदेखि ७० हजारसम्ममा बिक्री हुने गरेको देखियो।
यसको साइज र कतिको पारदर्शी छ त्यसको आधारमा मूल्य तय हुने गरेको छ । गोरखामा फेला परेको क्रिस्टल पारदर्शी रहेको र यसको सिङ्गै तौल ५२ किलो रहेको पुष्टि भइसकेको छ।
यसको आधारमा यसको अन्तराष्ट्रिय मूल्य न्यूनतम २ लाख ६० हजार अमेरिकी डलरदेखि ३६ लाख ४० हजारसम्म पर्ने देखियो। संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको उक्त कडापनका आधारमा उक्त चट्टान साऔँ नम्बरमा रहेको उनले जानकारी दिए। उनका कडापनका आधारमा हिरा १०औँ नम्बरमा पर्छ। उक्त क्वार्ज क्रिस्टल मुख्य रूपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ।
घरमा भीडभाड भएको बहानामा प्रहरीले सो पत्थर प्रहरी कार्यालयमा ल्याएर राखेको हो। हालसम्म शाही परिवारले न अवैध उत्खनन् गरेको पुष्टि भएको छ न त चोरी गरेको नै।
गोरखा प्रशासनले स्रोत नै नखुलाई सो क्रिस्टल राज्यको सम्पत्ति भएको दाबी गरिरहेको छ। जफत गर्ने कि क्षतिपूर्ति दिएर लिने प्रष्ट भएको देखिएन। व्यक्तिको आफ्नो आस्था र विश्वासले राखेको पुर्ख्यौली ढुङ्गा राज्यले उचित क्षतिपूर्ति बिना कब्जा गर्न लागेकोमा शाही परिवार चिन्तित छन् l गृहमन्त्री नारायकाजी श्रेष्ठ गोरखा गएको बेला शाही दम्पतीले आफ्नो आस्थाको पत्थरलाई आफूले पूजा गर्न पाउनु पर्ने र राज्यको कब्जामा नै राखिराख्ने हो भने उचित क्षतिपूर्ति पाउनु पर्ने माग दावी गरेका छन् l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...