ताप्लेजुङमा गोली लागेका ३ जनाको अवस्था नाजुक,उपचारको लागि काठमाडौँ ल्याइँदै

काठमाडौं-ताप्लेजुङमा प्रहरीको गोली लागेर घाइते भएकाहरूको विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी भएको छ । फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार साँझ भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए ।
घाइतेमध्ये ३ जनाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार सम्भव नभएपछि, घाइतेहरूको स्थिति गम्भीर र नाजुक देखिएपछि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ l घाइते ४ जनामध्ये एकजना भने डिस्चार्ज भएका भएका छन् ।
प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन्। यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो ।
उनीहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो। मंगल लावतीको अवस्था सामान्य रहेकाले डिस्चार्ज भएका छन् l
झडपमा परेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० जना घाइते भएका तर अवस्था समान्य रहेको प्रहरी निरिक्षक बस्नेतले बताए। मुकुम्लुङ बचाउ संघर्ष समितिले केबलकार निर्माणको विरोधमा आजदेखि आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै हिजो नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । हिजो नै प्रहरीसँग आन्दोलनकारीको झडप भएको हो l प्रहरीले हवाई फायर र गोली समेत चलाएर आन्दोलनकारीलाई घाइते बनाएको थियो l
स्मरणीय : तस्बिर सामाजिक संजालबाट लिइएको छ l सम्पादक
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...