कैलालीमा भाइको कैंची प्रहारबाट दाइको ज्यान गयो

कैलाली- कैलालीमा दाइ भाइको घरायसी झगडा विवादकाक्रममा भाइले प्दारहार गरेको कैंचीले दाजुको ज्यान गएको छ l
जिल्लाको धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोल बस्ने ३५ वर्षका लालबहादुर बोहराको गएराति ३० वर्षका सहोदर भाइ प्रकाश बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्
घरायसी विवादमा दाजु लालबहादुरमाथि भाइ प्रकाशले घाँटीमा कैँची प्रहार गरेका थिए । कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।
उपचारको क्रममा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...