जनप्रतिनिधि आफ्नै घोडामा

सुजन काफ्ले,गोरखापत्र समाचार,चरीकोट:जनप्रतिनिधिमा नियमसङ्गत पाउने सरकारी सेवासुविधा लिन तँछाडमछाड गर्ने गरेको खबर सुनिँदै आएको छ । नियमले नमिल्नेमा समेत जबरजस्ती सुविधा लिने जनप्रतिनिधि पनि छन् । केही जनप्रतिनिधि भने आफूले पाएको सुविधा फिर्ता गरेर समाजमा उदाहरणीय बनेका छन् ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल स्थानीय तहका अन्य जनप्रतिनिधिभन्दा फरक देखिएका छन् =। उनी उमेरले ५८ वर्षका भए । वडाध्यक्षमा विजयी भएपछि नागरिकको सेवामा विकास निर्माणसँगै विभिन्न सामाजिक कार्य गर्दै आएका उनले गाउँपालिकालाई आर्थिक भार कम होस् भन्दै सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर घोडा चढ्न थालेका हुन् । गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हभएका फुयाँलले मोटरसाइकल फिर्ता गरेर एक लाख पाँच हजार रुपियाँमा घोडा किनेर चढ्दै आएका छन् l
आफूसँगै निर्वाचित वडाध्यक्षहरू मोटरसाइकलमा हुइँकिएर कार्यालय जाँदा आउँदा उनेले भने हरेक दिन घोडा चढेरै कार्यालय जाउआउ गर्छन् । कार्यालयको कामकाजका लागि भनी गाउँपालिकाबाट लिएको मोटरसाइकल उनलेले कार्यालयमै बुझाएका छन् l
तामाकोशी गाउँपालिकाले पालिकाका सबै वडाका वडाध्यक्षलाई काम गर्न सहजताका लागि मोटरसाइकल उपलब्ध गराएको थियो । आफू जनताको विकासका लागि निर्वाचित जनप्रतिनिधि भएकाले जनताको घरदैलोमा पुगेर काम गर्नका लागि पालिकाको सम्पत्ति प्रयोग गर्न आवश्यक नहुने ठानेर मोटरसाइकल पालिकालाई नै फिर्ता गरिदिएको वडाध्यक्ष फुयाँलले बताए l
“पालिकाको सुविधाबापतको खर्च बरु वडा विकासमा लगानी गर्ने छु,” फुयाँलले भने , “जनप्रतिनिधिले जनताको काम गरेबापत थप सुविधा लिनु पर्छ भन्ने नलागेर सुविधाबापतको मोटरसाइकल फिर्ता गरेको हुँ । अहिले पनि सबै गाउँका कतिपय स्थानमा सडक पुगे पनि मोटरसाइकल लैजान गाह्रो हुन्छ । घोडा चढ्ने भएकाले उकालीओराली र सडक नभएको ठाउँका जनतालाई पनि भेट्न सहज भएको छ ।”
वडाध्यक्ष फुयाँलको अनुभवमा वातावरणमैत्री भए पनि अहिलेको समयमा घोडा चढ्न सुलभ र सस्तो भने छैन । उनलले परम्परालाई पछ्याउन मन लाग्ने भएकाले आफूले घोडा चढेको बताए । “घोडा चढ्दा कतिपयलाई शरीर असन्तुलन भएर ढाड र जिउ दुख्ने हुन सक्छ । मलाई भने पहिले पनि घोडा चढेको हुनाले असहज लाग्दैन,” उनले भने ।
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।