काठमाडौंमा कुहिने फोहोर फाल्ने ठाउँ भेटिएन

४ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । मेयर साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ ।
उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ । उनीहरुलाई कुहिने फोहोरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए ।
स्थानीय वासिन्दा सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहोर व्यवस्थापन गर्ने भने पनि काम सुरु हुन नसकेको महानगरपालिकाले जनाएको छ । तीन महिनापछि हानिकारक फोहोर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको महानगरको दाबी छ ।
कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सह...
स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पान...
अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दू धर्मग्रन्थमा हम्पाल, कालञ्जर, मृगस्थलीका रूपमा ब्याख्...