श्रीलंकाको राजदूतमा डा. पूर्णबहादुर नेपालीको नाम अनुमोदित
काठमाडौँ- संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीलाई श्रीलंकाको आवासीय र मालदिभ्सको गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।गणतन्त्र प्राप्तिपछि दलित समुदायबाट पदम सुन्दास र डा. निर्मल विश्वकर्मा राजदुत बनिसकेका थिए l
प्रस्तावित राजदूत नेपालीले अवधारणा र कार्ययोजना सुनुवाइ समितिमा प्रस्तुत गरेपछि सांसदहरूका जिज्ञासा र प्रश्नको जवाफ दिएका थिए । त्यसपछि नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको जानकारी प्राप्त भएको छ ।
मंसिर ६ को मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको थियो । सुनुवाइ समितिमा उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन । सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
संसदीय सुनुवाइ समिति सदस्यहरूले लामो समयपछि दलित समुदायका व्यक्तिलाई सरकारले राजदूतमा सिफारिस गरेको बताएका थिए । कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले संविधानले प्रत्याभूत दलित आरक्षणको व्यवस्थाअनुसारको सिफारिस प्रतिनिधिसभाको दोस्रो कार्यकालको दुई वर्षपछि प्राप्त भएको बताए ।उनले नेपाल–श्रीलंकाबीच विद्यार्थी आदानप्रदानको प्रबन्ध गर्नका लागि सुझाव दिए । विद्यावारिधि गरेका नेपाली काठमाडौं विश्वविद्यालका सहप्राध्यापक हुन् ।
प्रस्तावित राजदूत नेपालीले समितिमा अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा नेपाल–श्रीलंका प्रत्यक्ष हवाई उडानको पहलकदमी लिने बताए । श्रीलंकामा रहेका बौद्ध धार्मावलम्बीहरू एकपटक गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने भएकाले त्यसका लागि प्रत्यक्ष हवाई उडानको आवश्यकता रहेको बताए ।
‘नेपाल र श्रीलंकाबीच हवाई सेवा विस्तार र सुधार (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नयाँ उडानका लागि पहल) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई निरन्तरता’ का लागि पहल गर्ने नेपालीले बताए ।
श्रीलंकासँग द्विपक्षीय शैक्षिक, अनुसन्धानमूलक तथा नीतिगत सहकार्य गर्नुपर्ने र त्यसका लागि आफूले पहलकदमी लिने नेपालीले बताए । दुई देशका विश्वविद्यालयबीच सहकार्य तथा साझेदारी गरेर अनुसन्धान र थिंक ट्यांक स्थापनाका लागि काम गर्ने उनले बताए । सगरमाथा र गौतम बुद्धको जन्मस्थललगायतका ‘सफ्ट पावर’ को प्रयोग श्रीलंकासँगको सम्बन्ध सुदृढीकरणका लागि गर्ने उनको भनाइ थियो ।
राजदूत नियुक्तिमा दलित समुदायको प्रतिनिधित्व नभएकोमा व्यापक विरोध भएको थियो l यद्दपि प्रतिनिधित्व भए पनि आवश्यक सङ्ख्या नपुगेकोमा दलित समुदाय अझै सन्तुष्ट बन्न सकिरहेको छैन l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...