त्रिविमा नियुक्त डीन र निर्देशकहरू

काठमाडौं, मङ्सिर ३0 - लामो विवाद र रस्साकस्सीपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको जानकारी प्राप्त भएको छ l
‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ त्रिवि स्रोतले जानकारी दियो । सर्वसम्मतिले डीन नियुक्त गरिएको र दोस्रो पटक डीन नदोहोर्याउने नीति अवलम्बन गरिएको पनि स्रोतको दावी छ l
छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको बताइन्छ l
प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।
विभिन्न संकायमा नियुक्त डीनहरू
शिक्षाशास्त्र संकाय- प्रा.डा. बेदराज आचार्य
वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक ठाकुर सिलवाल
चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा.डा. मोहोनराज शर्मा
मानविकी तथा सामाजिकशास्त्र- प्रा.डा. द्विविनन्द ढकाल
व्यवस्थापन संकाय- प्रा.डा. महानन्द चालिसे
विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा.डा. शंकर खनाल
कृषि र पशुविज्ञान अध्ययन संस्थान- सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल
इन्जिनियरिङ अध्ययन संस्थान- प्रा.डा. सुशीलबहादुर बज्राचार्य
निर्देशकहरू
त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ ।
शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मीना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।
यसरी त्रिविले आफ्ना पदाधिकारी छनोट गरेको छ l
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ ।
सरकारी सिट बढ्नुपर्नेमा निजि मेडिकल कलेजलाई सिट थप दिएर सरकारले सरकारी मेडिकल कलेजलाई उपेक्षा गरेको...