नेविसंघ भनेको देउवाका भतिजा, गगनका साला र कसैका गर्लफ्रेण्ड व्यवस्थापन गर्ने संस्था होइन
नेविसंघको असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा भेला गर्न नदिएपछि पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने चेतावनी दिएको छ । केन्द्रीय कार्यालयमा भेला आयोजना गरेर समानान्तर समिति गठनका लागि गएका विद्यार्थी नेताहरूलाई सडकमै प्रहरी लगाएर रोकिएपछि केहीबेर दुई पक्षबीच झडपको अवस्थासमेत आएको थियो l सभापति दुजाङ शेर्पा पक्ष नाराबाजी गर्दै सोही ठाउँमा पुगेपछि सामान्य झडप समेत भएको थियो । प्रहरीले दोहोरो झडप हुन नदिन बीचमा बसेर रोकेको छ ।
संस्थापन पक्षको अवरोधबीच कोणसभालाई सम्बोधन गर्दै त्रिविका पूर्वसभापति योगेन्द्र रावलले भाडाका गुण्डा र प्रहरी लगाएर आफूहरुलाई रोकिएको भन्दै भोलि देउवाको घर घेराउ गर्न जाने बताए । उनले भने, ‘हाम्रा महामन्त्रीका दैलो पनि देखेका छौं, भोलि हामी शेरबहादुर देउवाको घर घेर्न जाँदैछौं । नेविसंघ भनेको देउवाका भतिजा, गगन थापाका साला र केही नेताका गर्लफ्रेण्ड व्यवस्थापन गर्ने संस्था होइन । के नेविसंघको सदस्य हुन नेताको साला भतिजा र गर्लफ्रेण्ड हुनुपर्ने हो ? हामी यो स्वीकार गर्दैनौं र अब देशभरका साथीहरू बोलाउँछौं ।’नेविसंघको ७१० सदस्यीय केन्द्रीय कार्य समिति गठन भए पनि विवाद बढेको छ । असन्तुष्ट नेताहरूले समानान्तर कार्य समिति घोषणा गर्ने तयारी थालेका छन् भने दुजाङ पक्षले भेलामा सहभागी नहुन चेतावनी दिएको छ । असन्तुष्ट पक्षका नेताहरूले सत्ताको दुरूपयोग गरेर प्रहरी परिचालन गरी कांग्रेस केन्द्रीय कार्यालय प्रवेशमा अवरोध गरेकोमा खेद व्यक्त गरे l
Akabarey.com टिप्पणी बाँकी असनुष्ट सबै नेतालाई समेटेर ७१० को बदला १५०० जनाको केन्द्रीय समिति गठन गरेमा विवाद कम हुन्थ्यो l भद्दा समिति अस्वस्थ शरीर जस्तै हो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...