गृह मन्त्रालयले आफूलाई कारबाही गरेकोमा महावीर पुनको धन्यवाद

राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले लिलाम बिक्रीका लागि राखेका पदकहरू सरकारलाई फिर्ता दिने भएका छन् । वीरगन्जस्थित आविष्कार केन्द्रको कृषि औजार कारखानाका लागि खर्च जुटाउन भन्दै उनले नेपाल सरकार द्वारा प्रदान गरिएको पदक,आभूषण र अन्तर्राष्ट्रिय मेडल समेत लिलाम बिक्रीमा राखेका थिए। सो बारे गृह मन्त्रालयले पुनलाई बोलाएर बेच्न नपाइनेबारे सजग गराएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले कानुन अनुसार चल्ने बताएका छन् । गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंहदरबारमा बोलाइ हाल्यो र कानुन पढेर सुनायो। अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु,’ पुनले भनेका छन्, ‘कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ। त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु भन्दै पुन आफ्नो फेसबुक वालमा लेख्छन् : कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृहमन्त्रालयलाई धन्यवाद । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ती पदकहरू गृह मन्त्रालयलाई नै फिर्ता जानेछ।’ पुनले लेखेका छन् । साथै, उनले अन्य अन्तर्राष्ट्रिय मेडलहरू बेच्न भने कुनै रोकटोक नभएको भन्दै बिक्री गरिने पनि बताएका छन् । यस अघि २० ७३ सालमा पनि महावीरले लिलामीकालागि म्यागसेसे र नेपाल सरकारले दिएको दुई राष्ट्रदीप पदक, इन्टरनेट हल अफ फेम, होनर ग्राजुएट र डा. हर्कगुरुङ पर्वतीय पुरस्कार लिलामीको लागि राख्छु भनेका थिए गृह स्रोत भन्छ : ‘महावीर पुनले मेडल लिलामीमा राख्ने कुरा कानुन विपरित छ, हामीले बोलाएर स्मरण गराएका हौ l कानुन बारे जानकारी गराएका हौ l’ यसैलाई पुनले कानुन मिच्ने मलाई गृहमन्त्रालयले तुरुन्त बोलाएर कारबाही गरेकोमा धन्यवाद छ’ भनेका छन् l
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...