रास्वपालाई उपचुनावमा कहाँ कहाँ बाट प्रात भयो ? ५२७४ मत

स्थानीय तहको उपनिर्वाचनमा कुल मतदाता सङ्ख्या २ लाख २६ हजार,७९९ भए पनि करिब ६२ प्रतिशत अर्थात् एक लाख चालीस हजार ६१५ मत खसेको जानकारी प्राप्त छ l जसमा रास्वपाको आधिकारिक मत ५२७४ मात्र देखिएको छ l रास्वपाले आफ्नो उमेद्वार नभएको ठाउँमा कतै मत प्राप्त गर्यो सो थाहा हुने कुरा भएन तसर्थ रास्वपा जहाँ जहाँ सहभागी चुनावमा सहभागी भयो त्यहाँ प्राप्त मत मात्र यहाँ समावेश छ l
हेरौ रास्वपाका उमेद्वारलाई देशभर प्राप्त मत:
१. मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नवीनकुमार विश्वास ३७५ जमानत जोगिएन
२. ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३ को वडाध्यक्ष देवीप्रसाद पौडेलले सात मत सर्मनाक स्थिति ।
३. तेह्रथुमको लालीगुँरास नगरपालिका–८ को वडाअध्यक्षमा सञ्जीव खड्काले ३८ मत ।
४. सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा शशीकुमार साहुले ३३ मत ।
५. ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा विष्णुप्रसाद पोखरेलले १५१ मत l
५. उदयपुरको त्रियुगा नगरपालिका–१२ मा रास्वपा उमेदवार ध्रुवप्रसाद पोखरेल २०२ मत पाँचौँ स्थान ।
६. धनुषाधाम नगरपालिका–१ वडाध्यक्ष उमेदवार रामनरेश दास जम्मा १० मतमा सीमित भए ।
७. महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षका रास्वपा उमेदवारले जम्मा चार मतमात्र पाए ।
८. नुवाकोटको ककनी गाउँपालिका–२ मा रास्वपाका उमेदवार मंगलसिद्धि लामा तामाङले ८३ मत पाए ।
९. मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा रास्वपाका आशाविर बलले ८३ मत प्राएका छन् ।
१०. गोरखाको सदरमुकाम रहेको गोरखा नगरपालिका–५ मा रास्वपाका वडाध्यक्ष उमेदवार मंगलबहादुर थापाले ८२ मत ल्याएका छन् ।
११. गुल्मीको मुसीकोट नगरपालिका–१ मा रास्वपाका वडाध्यक्ष उमेदवार विकास थापाले ४३ मत पाएका छन् ।
१२. कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा रास्वपाका वडाध्यक्ष उमेदवार अवधेशकुमार चौधरीले ९२ मत पाए ।
१३. बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा रास्वपाका उमेदवार वासुदेव शर्माले १७ मत ।
१४. दैलेख जिल्लाको दुल्लु नगरपालिका–१३ मा रास्वपाका वडाध्यक्ष उमेदवार रामबहादुर शाहीले ५३ पाएका छन् ।
१५. दैलेख महाबु गाउँपालिकाको अध्यक्षमा उमेदवार बनेका रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत पाएका छन ।
१६. रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा रास्वपाका वडाध्यक्ष उमेदवार हिमबहादुर पुन सात मत ।
१७. कालिकोटको तिलागुफा नगरपालिका–४ मा रास्वपाका वडाध्यक्ष उमेदवार गगन बलमले छैठौँ स्थानमा रहँदै पाँच मत पाए ।
१८. जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा उममेदवार बनेकी रास्वपाकी पार्वती पुनले १७९ मत ल्याएकी छन् ।
१९. डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष उमेदवार रास्वपाका जानकीकुमारी खड्का कुँवरले ३१ मत पाएकी छन् ।
२०. कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रामदत्त भट्टले २१८ मत ल्याएका छन् ।
२१. उदयपुरको बेलका–९ मा रास्वपा उमेदवार तेजमान विश्वकर्माले १२३ मत पाए l
२२. हुम्लाको सर्केगाडको उपाध्यक्षमा रास्वपा उमेदवार नरेश शाहीले जम्मा २५ मत पाए ।
२३. दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षमा रास्वपा उमेदवार गोमा श्रेष्ठले १०० मत पाइन् ।
२४. काठमाडौँ महानगर पालिका १६ की वडाध्यक्ष विजयी उमेद्वारले भने २९०२ मत प्राप्त गर्दै करिब ६सय ८२ मतान्तरले एमाले उमेद्वारलाई पराजित गर्दै रास्वपालाई राहत प्रदान गरिन् l
स्मरणीय : समाचार स्रोत निर्वाचन आयोग र विभिन्न पत्रपत्रिका अनलाइनहरू
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...
सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो ।
हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाल...