उपनिर्वाचनमा प्राप्त जित र दलहरूको स्थान

काठमाडौँ - यही मङ्सिर १६ गते भएको उप निर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । तीन पदमा निर्विरोध भएको थियो l जिल्ला समन्वय समितिका दुई पद र एक जना वडाध्यक्ष क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्रले हात परेका थिए l त्यसबाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उमेद्वारहरू प्रतिष्पर्धाको मैदानमा खडा भएका थिए । यस्तै उपनिर्वाचन भएका स्थानीय तह तथा वडामा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा करिब ६२ प्रतिशत मत खसेको थियो ।
यस उपनिर्वाचनमा घाटामा गएर पनि सबै भन्दा ठुलो दल र बढी जनप्रतिनिधि नेपाली कांग्रेसले नै जितेको छ भने समग्र उपचुनावमा बोनस सहित दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्र रहेको छ l तेस्रो ठुलो दल नेकपा एमाले रहेको छ l त्यस्तै गरी जसपाले २ स्थानमा विजय प्राप्त गरेर चौथो दलमा उपचुनावको नतिजा हात पारेको छ l एकीकृत समाजवादी पार्टी र रास्वपाले एक स्थानमा विजय प्राप्त गरेका छन् भने एक स्वतन्त्र जनप्रतिनिधि पनि निर्वाचित भएर आएका छन् l उपचुनावमा राप्रपाले आफ्नो उपस्थिति कतै देखाउन सकेन भने रास्वपाले एउटा वडामा जितेर राहत पाउनु बाहेक उलेख्य र सांकेतिक मत देशभर कतै प्राप्त गर्न सकेन l
विजयी भएका दल तिनले प्राप्त मत र स्थान तल उल्लेख गरे बमोजिम रहेको छ l
नेपाली कांग्रेसबाट निर्वाचितहरू
जिल्ला समन्वय समितितर्फ
१. ओखलढुंगा प्रमुखमा टेकराज भट्टराई (कांग्रेसबाट निर्विरोध )
२. कैलाली प्रमुखमा टीकाकुमारी चौधरी (भुल) कांग्रेसबाट निर्विरोध)
नगरपालिका र गाउँपालिका तर्फ
१. कृष्णमान डंगोल–मेयर–कीर्तिपुर नगरपालिका–५३३४
२. अर्जुनप्रसाद तिवारी–वडाध्यक्ष–हेटौडा उपमहानगरपालिका १२–२०६३
३. आनन्द श्रेष्ठ–वडाध्यक्ष–मुसिकोट नगरपालिका १–११८४
४. राजेन्द्र बानियाँ–वडा अध्यक्ष–कीर्तिपुर नगरपालिका ४–११५५
५. प्रकाश चन्द–वडा अध्यक्ष–भीमदत्त नगरपालिका ६–११०७
६. अमिन थारु–वडा अध्यक्ष–ठाकुरबाबा नगरपालिका ४–१०४३
७. तेतर साहु–तेतर साहु–वडा अध्यक्ष–गढी गाउँपालिका ६–८१६
८. समसे आलम–वडा अध्यक्ष–राजपुर नगरपालिका ६–७४४
९. धिरेन्द्र पुजारा–वडा अध्यक्ष–सूर्मा गाउँपालिका ४–६५७
१०. भुपमणी पुन मगर–वडा अध्यक्ष–रुन्टीगढी गाउँपालिका ४–६४३
११. शेखअब्दुल खलिक–वडा अध्यक्ष–ईशनाथ नगरपालिका ७–६२७
१२. मोतीराम खत्री–वडा अध्यक्ष–सानीभेरी गाउँपालिका ५–५९०
१३. इच्छाकुमार महर्जन–वडा अध्यक्ष–कीर्तिपुर नगरपालिका १–५६२
१४. मोहन थापा–वडा अध्यक्ष–पूर्वीचौकी गाउँपालिका ६–४६८
१५. नगेन्द्र लिम्बु–वडा अध्यक्ष–लालीगुराँस नगरपालिका ८–४४०
१६. धनसिंह कुँवर–वडा अध्यक्ष–दुहुँ गाउँपालिका ५–३७६
१७. खम्बबहादुर सिँह–वडा अध्यक्ष–कुसे गाउँपालिका ७–३४७
नेकपा माओवादी केन्द्रबाट विजयी भएकाहरू
१. नमोनारायण माझी–अध्यक्ष–ग्रामथान गाउँपालिका–६९६९
२. देवका लामिछाने–उपमेयर–नलगाड नगरपालिका–४२७२
३. देवकी तिमल्सिना–उपाध्यक्ष–सर्केगाड गाउँपालिका–१६३७
४. नरपुरा बुढा–उपाध्यक्ष–पुथा उत्तरगंगा गाउँपालिका–३६२७
५. कृष्ण घिमिरे–वडा अध्यक्ष–ककनी गाउँपालिका २–१०८५
६. नवीनकुमार वान्तवा राई–वडा अध्यक्ष–त्रियुगा नगरपालिका १२–९२३
७. सुनिल कापर केवट–वडा अध्यक्ष–धनुषाधाम नगरपालिका १–६८४
८. बिष्णुबहादुर मगर–वडा अध्यक्ष–गोरखा नगरपालिका ५–४८६
९. नरबहादुर झाँक्री–वडा अध्यक्ष–त्रिपुरासुन्दरी नगरपालिका ५–१६१
१०.भरत घिमिरे– वडा अध्यक्ष–बेलका नगरपालिका ९–५५९
११. जगत् घर्ती–वडा अध्यक्ष–पुथा उत्तरगंगा गाउँपालिका २ (निर्विरोध)
नेकपा एमालेबाट विजयी भएकाहरू
१. जंगबहादुर शाही–अध्यक्ष–महाबु गाउँपालिका–३१२७
२. उमा लुङ्गेली मगर शेर्पा–उपाध्यक्ष–गौरिशंकर गाउँपालिका–२८०५
३. सुलोचनाकुमारी भण्डारी–उपाध्यक्ष–स्वामीकार्तिक खापर गाउँपालिका–१७४०
४. मोहमद ताहिर मुसलमान–वडा अध्यक्ष–शुद्धोधन गाउँपालिका १–११५०
५. सकिवुल खाँ–वडा अध्यक्ष–रामगोपालपुर नगरपालिका २–६३१
६. लालबहादुर शाही–वडा अध्यक्ष–दुल्लु नगरपालिका १३–५७४
७. गंगाबहादुर तामाङ–वडा अध्यक्ष–मोलुङ गाउँपालिका ५–३९९
८. कुमारी सावादेन–वडा अध्यक्ष–सिरीजङ्घा गाउँपालिका ३–३५३
जसपा नेपालबाट निर्वाचित भएकाहरू
१. धीरेन्द्रकुमार साह–वडा अध्यक्ष–डाक्नेश्वरी नगरपालिका १–६५२
२. देवेन्द्रप्रसाद यादव–वडा अध्यक्ष–डाक्नेश्वरी नगरपालिका ४–३७२
रास्वपाबाट निर्वाचित
रोजिना श्रेष्ठ–वडा अध्यक्ष–काठमाडौँ महानगरपालिका १६–२९०२
एकीकृत समाजवादीबाट निर्वाचित
बजरंगीप्रसाद यादव–वडा अध्यक्ष–गढीमाई नगरपालिका ८–६५५
नेमकिपाबाट निर्वाचित
खड्गराज शाही–वडा अध्यक्ष–तिलागुफा नगरपालिका ४–१४३
स्वतन्त्र उम्मेदवार
लक्ष्मीप्रसाद ओली–वडा अध्यक्ष–कन्काई नगरपालिका ६–४९३
सूचनाको स्रोत : निर्वाचन आयोग र विभिन्न पत्रपत्रिकाहरूलाई आधार मानिएको छ l
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...
सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो ।
हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाल...