दोलखा जिल्ला समिति 'विप्लव'का नेताकार्यकर्ता माओवादी केन्द्रमा फर्किए
दोलखा - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा पुन आवद्ध भएका छन् । नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत तथा पुनर्मिलन कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता माओवादीमा आवद्ध भएका हुन् ।
नेकपा माओवादी केन्द्र दोलखा जिल्ला समन्वय समिति र कम्युनिस्टहरूको एकता ध्रुवीकरण समितिको पुनर्मिलन कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा सेक्रेटरीसहित एक दर्जन बढी नेता तथा कार्यकर्ता माओवादीमा फर्केका हुन् l
पुनर्मिलन कार्यक्रम मार्फत माओवादीमा समाहित हुनेहरूमा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवं केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपाली लगायत रहेका छन् ।
माओवादी केन्द्रमा समाहित भएका नेकपाका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्का, नेताहरू शंकर लामा, नरबहादुर पाख्रिन, कुलबहादुर बुढाथोकी, जिल्ला अध्यक्ष कमल श्रेष्ठलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।
पुनर्मिलन कार्यक्रम मार्फत माओवादी केन्द्रमा समाहित भएका नेताहरू यसअघि पनि माओवादी पार्टीमा सक्रिय थिए । पार्टी विभाजन पछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लागेका उनीहरू वर्षौँपछि माओवादी केन्द्रमा समाहित भएका हुन् ।
माओवादी केन्द्रमा समाहित भएका नेताहरूले आफ्नो मूल घरमा फर्केपछि यथोचित मूल्याङ्कन सहित काम गर्ने वातावरण पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् l
माओवादीमा आवद्ध् भएका नेताहरूको तर्फबाट अर्जुन योगी र नेकपा माओवादी केन्द्रका कमल श्रेष्ठले संयुक्त रूपमा जारी गरेको प्रेस व्यक्तव्य हेरौ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...