कब्जियत हुँदा अपनाउन सकिने घरेलु विधिहरू

अस्वस्थ खानेकुरा, खानपान,गलत जीवन शैली आदिको कारण धेरै मान्छेको स्वास्थ्य खराब बन्दै गइरहेको दिन प्रतिदिन नाजुक बन्दै रहेको छ l मान्छेको स्वास्थ्यको एउटा मूल समस्या कब्जियत पनि हो l दिसा खलास नहुनु कब्जियतको मुख्य विशेषता हो l कब्जियत बारे akabarey.comले विभिन्न एजेन्सीहरूबाट, पत्रपत्रिकाहरूबाट यो स्वास्थ्य सामग्री तयार गरेको छ l पाठकको लाभको लागि हामीले आज कब्जियत हुँदा अवलम्बन गर्न सक्ने घरेलु उपाय, रैथाने विधि बारे जानकारी दिने प्रयास गरेका छौ l
कब्जियत
कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो । मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ ।
कब्जियतको लक्षण कस्ता हुन्छन् ?
– ठीक ढंगले पेट सफा नहुनु, मल त्याग नहुनु ।
– मल त्याग गर्नमा समस्या हुनु ।
– दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु ।
– पेटमा दुखाई अनुभव हुनु ।
– वान्ता हुनु ।
किन हुन्छ कब्जियत ?
– खाने तालिका नियमित नहुनु ।
– बासी खानेकुरा सेवन ।
– शारीरिक रुपमा निस्किय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।
– मानसिक तनाव
– अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।
– पेटको कमजोरी
– पानी कम पिउनु ।
– खाना खाएको समय धेरै पानी पिउनु ।
– गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु ।
कब्जियत कम गर्ने केही उपायहरू:
पानी
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन। धारा वा कुवाको सफा पानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ ।
फाइबरयुक्त खाना
हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएर पैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हित गर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्य चुकाइरहेका हुन्छौं l जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि महत्वपूर्ण औषधि नै साबित भएका छन् ।
फलफूल तथा सागसब्जी
ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ हुन्छ। यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हँदैन र भइसकेको कब्जियत पनि निको हुन्छ।
गेडागुडी
भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबीजनको नियमित उपभोगले कब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ ।
तेल
जैतुनको गेडा, सब्जीको रस, भटमासको तेल, तिलको गेडा पनि कब्जियत उपचारमा प्रयोग हुन्छ । यी खाद्य पदार्थमा निकै न्यून मात्रामा चिल्लो पदार्थ हुनुका साथै आन्द्रालाई चिप्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाट रोकिदिन्छ ।
उखुको जुस, खुदो र मह
कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ ।
अंगुर र कागती
उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वारमार्फत निष्कासन गरिदिन्छ। थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ ।
व्यायाम
शरीरको लागि व्यायाम आवश्यक हुन्छ l कब्जियत हुँदा पनि व्यायाम फलदायी मानिन्छ l अल्छीपना त्यागेर शारीरिक स्फुर्तिको लागि हिंड्नु डुल्नु व्यायाम गर्नु हरेक रोगको लागि राम्रो मानिन्छ l
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।