प्रचण्डको जातीय विभेदजन्य भाषण: र सामाजिक दृष्टिकोण - दलमर्दन कामी

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को एक विवादस्पददास्पद भनाइद्वारा नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिप्रेक्ष्यमा एक गम्भीर प्रश्न उब्जेको छ । पटकपटक देशको प्रधानमन्त्री बनिसकेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा दिएको जातीय विभेद जन्य भाषणको क्लिप सार्वजनिक भएपछि निकै विवादास्पद मात्रै हैन दलित समुदायका अगुवाहरू निकै आक्रोशित भएका छ्न ।
पूर्वप्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा भाषणको शब्दहरू केवल एक साधारण अभियानकर्मी/ अभियन्ता,नेताकार्यकर्ता जस्तो साधारण हिस्साको भाषण थिएन, देशको पटकपटक प्रधानमन्त्री भैसकेको हुनाले उनी देशकै अभिभावक झै रहेका व्यक्तिको नेपाली समाजको गहिरो संरचनागत समस्या र विभिन्न जातीय समुदायहरूको सामाजिक असमानताको साँचो चित्र प्रस्तुत गरेको त्यसको प्रतिनिधित्व गर्दछ किनकि प्रचण्ड हरेक हिसाबले यो देशको अभिभावकत्व हुन र त्यो दावी गर्दछन् र नेपाली जनता सम्झनछ्न पनि ।
प्रचण्डले गरेको भाषणले विशेष गरी, दलित समुदायलाई लक्षित गर्दै प्रयोग गरेका आपत्तिजनक शब्दहरूले जातीय असमानता र विभेदको पुरानो परम्परालाई नै पुष्टिका रूपमा छ उनको भाषणले जातीय छुवाछूत विभेद दमन हत्याहिंसाको अन्त्य हैन बरु यसलाई अझ बलियो बनाउने संकेत गर्दछ । यस घटनाले देशभरका दलित, शिल्पी समुदाय तथा समानता र अधिकारका पक्षधरहरूको मनमा ठूलो आक्रोश र निराशा चिन्ता उत्पन्न गरेको छ ।
पुष्पकमल दाहालको भाषणले जति विवाद उत्पन्न गरेको होस्, यसका पछाडि नेपाली जनतामा गहिरो सामाजिक अर्थ र इतिहाससँग निहित छन् ।
दश बर्षे जनयुद्धका सर्वोच्च कमान्डर र एक समयका क्रान्तिकारी नेताले आज, जुन जातीय समुदायको मुक्तिको सपना देखाएर उनले आफ्नो राजनीतिक यात्रा र संघर्षका दिनहरूमा संघर्षलाई "जातीय समानता" र "समाजको रूपान्तरण" को लक्ष्य र ध्येय बनाएका थिए, त्यही व्यक्तिले जातीय विभेदलाई कायम राखेर नश्लीय सामन्तवादी नस्लिय यथास्थितिवादी कुरालाई निरंतरता र संरक्षणको ढङ्गले प्रस्तुत गरेका छन् ।
प्रचण्डले गरेको यस प्रकारको भाषणले दलित समुदायमा गहिरो घात पुर्याएको छ, दलित समुदायले जसको विरुद्ध दशौं वर्षदेखि सामाजिक न्याय र समानताको लडाइँ लड्दै आएको छ। प्रचण्डको भाषणको पछिल्लो उदाहरण नेपालका दलित समुदायले भोग्दै आएको जातीय अपमानित दुःख र पीडालाई झल्काउँछ । उनीहरूले सधैं जातीय असमानता, छुवाछुत विभेद र दमनको सामना कति भोगेर कति सामाना गरेका गरेका होलान् प्रचण्डले बुझ्न सकेनन् बरु तिनैलाइ खिल्ली उडाने भाषण गरे ।
दलित समुदाय हजारौं वर्षदेखि नेपालका हिन्दू समाजमा प्रचण्डले प्रयोग गरेकै शब्द सापटी लिएर भन्दा दलित / शिल्पी समुदायलाई कुजात, तल्लोजात शूद्र ,अछुत जस्ता अत्यन्तै निकृष्ट शब्दले प्रयोग गर्दै जातीय छुवाछुत ,दमन, विभेद अन्याय अत्याचारको सिकार बनाइएको छ। प्रचण्डले तिनै समुदायलाई शूद्र, अछुत, तल्लो जात, निच, कुजात जस्ता शब्दहरूको प्रयोग गरेर अपमानित गर्न पुगेका छन् । यी शब्दहरू नेपाली समाजका सबैभन्दा निच भनिएका वर्गका मानिसहरूका लागि अत्यन्तै अपमानजनक र पीडादायी छन् । यसरी प्रचण्डको भाषणले दलित / शिल्पी समुदायको अस्मिता र आत्मसम्मानमा गहिरो चोट पुर्याएको छ ।
केही समयअघि सम्म, प्रचण्डले आफूलाई दलित समुदायको अधिकारका हिमायतीको रूपमा प्रस्तुत गर्थे, र माओवादी आन्दोलनको एक प्रमुख नारा "जातीय समानता र वर्गविहीन समाज" थियो । यद्यपि अहिले, उनले यस्ता उत्पीडित जनताको आवाजको प्रवक्ता बन्नुपर्ने ठाउँमा, दलित समुदायसँग असमानता र विभेदको वकालत गर्ने व्यक्ति बन्नु, एउटा गम्भीर असहमति र अस्वीकार्य कदम हो । यसले नेपाली समाजका विभेदपूर्ण परम्परागत संरचनामा मलजल गर्नेकाम गरेका छ्न l प्रचण्डले गरेको भाषणबाट दलित समुदायको लागि झनै ठूलो चुनौती सिर्जना गरेको छ । कस्तो विडम्बनापूर्ण आशावादी केटा जेठाजु पर्यो भनेजस्तो प्रचण्डको पछिल्लो भाषणले सारा उत्पीडित जातिहरूमा गम्भीर प्रश्न उठेको छ विशेष दलित समुदायमाथि आएको चुनौतीकै विषय हो l यथेष्ट प्रश्नहरू खडा भएका छन् l के यस्तो नेतृत्व वा व्यक्तिले देशको राजनीतिक नेतृत्व गर्न सक्छ ? जसले जातीय विभेद असमानता बिरोध र न्याय समानता र समतामूलक समाजको प्रवर्द्धन गर्ने कुरा गर्छ ? उसले आफ्ना विपक्षीलाई अर्थात कांग्रेस,एमाले लगायतका पार्टी र तिनको नेताकार्यकर्तासँगको संगतलाई "कुजात" भनेर उदाहरण दिन्छ के यसले प्रचण्डको भित्री मानसिकता उजागर गर्दैन र ? उनको मानसिक र राजनीतिक दरिद्रता प्रकट गर्दैन र ?
प्रचण्डबाट नेपाली समाजको जातीय संरचनामा, जहाँ प्राचीन कालदेखिनै जातीय विभेद र छुवाछुतको परम्परा कसरी हटाउने भन्ने हुँदाहुँदै प्रचण्डले गरेको यस्तो भाषणले त जातीय असमानता र दमनको दुष्चक्रलाई निम्ता र निरन्तरता दिने पक्का पक्की छ । प्रचण्ड जस्तो व्यक्तिले यस्तो भाषा प्रयोग गर्नाले, सङ्केत गर्नाले मात्रै पनि समाजमा विकृति फैलाउने काम गर्छ र समाजको संरचनागत अतिजातिवादलाई अझ बलियो बनाइरहनेछ । प्रचण्डहरू जस्ताले गरेको भाषणका कारण,दलित शिल्पी समुदाय र समाजका हजारौं व्यक्तिहरूलाई अपमानित र दमित पार्दछ । प्रचण्डको मुखबाट यस्तो निन्दनीय शब्दहरू आउनु भनेको एक क्रान्तिकारी नेता भइ नेपालको सत्तामा पुगेर, जातीय अन्याय र विभेदको सिकार भएका समुदायको शोषण र अपमानलाई बढावा दिनु हो । प्रचण्डले जोसुकैलाई गालीगलौज गरून् केही मतलब छैन त्यो उनको पाटो र विषय हो l तर उनको त्यो शब्द हजारौं बर्षदेखि प्रताडित दलित (शिल्पी) समुदायप्रति लक्षित छ त्यो शब्द खेदजनक र आपत्तिजनक छ प्रचण्डले गरेको भाषणको शब्दले प्रचण्डको राजनीतिक अश्लीलता पनि बाहिर ल्याएको छ l भित्र कपट उदाङ्गो पारेको छ ।
पछिल्लोपटक उनको भाषणले जातीय समानता र समान अधिकारका पक्षको सट्टा,जातीय घृणा र नस्लवादको कुण्ठाको प्रतिनिधित्व गर्दछ । प्रचण्डले उनको नेतृत्वमा भएको जनयुद्ध र प्रधानमन्त्री कार्यकालमा, दलित/शिल्पी समुदायको अधिकार र सम्मानको लडाइँमा गरेको भाषण र उनले गरेका केही असल कार्यलाई पनि शङ्का उपशङ्का हेर्न सक्ने भए l प्रचण्डको मुखबाट यस्तो अपमानजनक शब्दहरू आउनु भनेको केवल उनका व्यक्तिगत विचारहरूको प्रकटीकरण मात्र होइन, बरु यसले नेपाली समाजका सबै वर्ग र समुदायहरूको बीचमा बढ्दो घृणा र भेदभावलाई मजबुत बनाइरहेको छ । यसर्थ प्रचण्डको जातीय विभेद र घृणायुक्त भाषणले नेपाली समाजमा गहिरो खाडल थपेको छ ।
कथित कुजता जस्ता शब्दहरूले दलित / शिल्पी समुदायको संघर्षलाई हतोत्साहित मात्र गरेका छैनन्, बरु तिनको आत्मसम्मान र अधिकारको लडाइँलाई निरन्तर रूपमा चुनौती दिइरहेका छन् । यद्यपि, प्रचण्डले उनले गरेको भाषणलाई क्षमायाचना गरेर निकै क्रान्तिकारी र मर्मस्पर्शी भाषण गर्दै फेरि दलित शिल्पी समुदायलाई मख्ख बनाउनेछ्न माफी पनि माग्ने छ्न अनि विचरा दलित फेरि पनि धोकामा पर्नेनै छ्न किनकि यस्ता झुट छलिहरूले यसैगरी जनतालाई भुलाएका छन् l फेरि पनि प्रचण्डले दलितलाई भुलाउने छ्न ।
देशको राजनीतिक नेतृत्व र शक्तिका उच्च पदमा रहेका व्यक्तिहरूबाट यस्तो निच चिन्तन कपटपूर्ण चलाखी र गलत भाष्य नेपाली समाजका बोझ हो l यो चिन्ताजनक कुरा हो। प्रचण्डको भाषणले नेपाली समाज अझै असमान र विभेदित रहन्छ । राजनीतिक छवि र नेतृत्वको गुण मात्र होइन, नेपालको सामाजिक संरचनामा गहिरो असर पार्नेछ प्रचण्डहरसँगक सबै उत्पीडितहरु सधैं चनाखो हौँ ।
लेखक दलमर्दन कामी : आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष हुन् l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”