गायक योगेश्वेर अमात्यद्वारा एक सय आठ तोला सुन दान

२४, साउन -
ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा सुनको छाना र गजुरका लागि चर्चित गायक योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका छन् ।योगेश्वरले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेको मन्दिरका पुजारी सङ्घका अध्यक्ष आशाकाजी तुलाधरले जानकारी गराए । ‘योगेश्वरले दिएको सहयोगबाट मन्दिरको छाना र गजुरमा सुनको जलप गरिएको छ’ उनले भने । योगेश्वरले सिधै सुन भन्दा पनि १ सय ८ तोला सुन बराबरको रकम सहयोग गरेका हुन् । छान र गजुरका लागि काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रुपैयाँ बराबर रहेको छ ।कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको थियो । उक्त आह्वान थाहा पाएपछि योगेश्वरले सहयोग गर्नु भएको अध्यक्ष तुलाधरको धारणा छ ।छाना र गजुरका लागि योगेश्वरको सहयोगमा नेपाल राष्ट्र बैंकको टक्सारबाट सुन झिकाएर पुजारी सङ्घका पदाधिकारी, वडा कार्यालयका प्रतिनिधि, प्रहरी प्रशासन राखेर काम गरिएको छ । जुन अहिले मन्दिरमा राखी सकिएको छ । पुजारी सङ्घका अध्यक्ष तुलाधरका अनुसार मन्दिरका लागि अन्य भक्तजनले पनि सुन दान गरेका छन् । जसले गर्दा केही सुन बचेको छ । उक्त सुन मन्दिरको कोषमा राखिएको तुलाधरले जनाए ।
‘जब सन्ध्या हुन्छ’ गीत मार्फत चर्चित भएका गायक योगेश्वर अमात्य अहिले देश बाहिर रहेको कारण सम्पर्क हुन सकेन ।
akabarey टिप्पणी - समाजिक काम र सेवा अस्पताल बनाएर स्कुल बनाएर पनि गर्न सकिन्छ l
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।