उधारो र ऋण नपत्याउने भएपछि गाउँमा रातभर आग्जनी

जुम्लामा शृङ्खलाबद्ध आगलागीका घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-४ घर भई हाल चन्दननाथ नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय रत्न अधिकारी रहेको जुम्लाका डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।
डिएसपी कार्कीका अनुसार अधिकारीले सुरुमा २०८० साल असार २६ गते गुठिचौर गाउँपालिका-४ बालु स्थित कृष्ण बहादुर अधिकारी घर अगाडि पार्किङ गरी राखेको अटोमा आगो लगाएका थिए। कृष्णबहादुरसँग रिसिबीई साँध्न रत्नले अटोमा आगो लगाएको डिएसपी कार्कीले सुनाए।
‘हामीले कृष्ण बहादुर अधिकारीलाई सोध्दा एक पल्ट चामलको विषयलाई लिएर पहिले विवाद भएको रहेछ। उनले सबैभन्दा धेरै घटना ०८० साउन ०५ गते घटाएका थिए। त्यस दिन सुरुमा चन्दननाथ-१ डुडाखोज स्थित रतन बहादुर बुढाको घरको दोस्रो तलाको बार्दलीमा झुण्डाइएको डस्नामा राती ११ बजे आगो लगाएका रहेछन्। सोही दिन गुठीचौर-४ बिगारे बस्ने वर्ष ५६ को भीम प्रसाद घरको भुईँ तलामा राखेको गहुँको भुसमा राती करिब १२ बजे आगो लगाए। त्यसपछि राती १ बजे गुठीचौर-४ खल्लावाडाका लाल चन्द्र सार्कीको ढुंगा माटोले घरको भुईँ तलाको गोठभित्र रहेको सुकेको घाँसमा आगो लगाए। सोही रात गुठीचौर-४ डाँडावाडा (क) का ५९ को कविदत्त न्यौपानेको घरको भुईँ तलाको आँगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, आगो लगाई झ्याल र बारदलिमा क्षति गरे। राति १ : ३० बजेको समयमा गुठीचौर ४ डाँडावाडा (ख) का कविदत्त न्यौपानेको घरको काठको भ्याङ्गमा आगो लगाए। त्यसपछि राती ०१: ४५ बजे गुठीचौर-४ धवलपुराका खडानन्द पाण्डेको घरमा आगो लगाए। त्यसपछि ०१:४५ बजे गुठीचौर-४ धवलपुराकै प्रेम प्रसाद न्यौपानेको घरमा आगो लगाए।’ रात भरी आगो लगाउँदै हिँडेका उनले ३:१५ बजे गुठीचौर-५ मा सडक स्तरोन्नतिको कामको सिलसिलामा पार्किङ गरी राखेको रारा तेन्जिन कन्स्ट्रक्सन लु ५ त १२४४ नम्बरको ट्याक्टर आगजनी गरेको प्रहरीले बताएको छ।उनले शृङ्खलाबद्ध आगजनी गर्नुको कारण आफू गरिब भएकोले कसैले पनि ऋण, उधारो समेत नपत्याउने र नदिने भएपछि निराश भई यस्तो कार्य गरेको प्रहरी बयानमा बताएका छन्।
कुन उपायबाट कारागार आफ्नो नियन्त्रमा लिन सकिन्छ भनेर सुरक्षा संयन्त्र र प्रशासन सरसल्लाह गर्दै रहेको...
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...