डा.हरिचन्द्र कमलीको संयोजकत्वमा 'जीवनका लागि गीता ज्ञान अभियान'को केन्द्रीय संयोजन समिति घोषणा

जीवनका लागि गीता ज्ञान अभियानको भेला भरतपुर स्थित होलीभिजन पब्लिक स्कूलमा मिनराज बस्ताकोटीको सभापतित्वमा सम्पन्न भयो । उक्त घोषणा कार्यक्रमको संचालन हरिहर भक्तियोगिले गर्नु भएको थियो भने प्रमुख अतिथिमा शिक्षाविद् लेखनाथ खनाललगायत सामाजिक, प्राज्ञिक तथा आध्यात्मिक व्यक्तित्वको उपस्थितिमा घोषणा सम्पन्न भएको थियो ।
Gita4Life Campaigners सङ्कल्पकर्ता तथा संयोजक: डा हरि चन्द्र कमली सह संयोजकहरू: आचार्य सुरेन्द्र ओझा,सुदिप पौडेल, सुदन डोटेल, योगमाला सिर्जना मैनाली, नरहरि प्रेमी, डा हरिश्चन्द्र भण्डारी, दिनानाथ पण्डित, हरिहर भक्तियोगी, केशव अधिकारी, डा.गिरी पन्थी, दिलराज पाठक, राजेन्द्रप्रसाद धिताल, बाबुराम पाण्डे, तीर्थराज वाग्ले, दिपा उप्रेती, धर् राज अवस्थी, होमराज खड्का, बासुदेव भट्ट, श्री तेजजङ्ग मल्ल, के.बी मशाल, प्रभा शर्मा केन्द्रीय सदस्य तथा Gita4Life Campaigners समूहमा जोडिएर सक्रिय रहनु हुने सम्पूर्ण १७० अभियान्ताहरू केन्द्रीय सदस्यमा छनोट भएका छन् l
शुक्रबार भएको उक्त समिति घोषणा कार्यक्रममा डा चिन्तामणि योगी, प्रा.डा. गुरुप्रसाद सुवेदी,चैतन्य कृष्ण, डा. गोविन्द शरण उपाध्याय, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कृष्णचन्द्र शर्मा, प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. वीण पौडयाल, प्रा.डा. बालचन्द्र लुइँटेल, प्रा.डा. रामप्रसाद उप्रेती, डा निर्मलमणि अधिकारी, डा.रघुनाथ नेपाल, पद्मराज जोशी प्रभात, डा. मित्र परियार, योगिनी सरितानन्दी, दुर्गा न्यौपाने, आचार्य घनश्याम लेखक र बासुदेव काफ्ले केन्द्रीय समितिको सल्लाहकारका रूपमा रहेका छन्
यसैगरी चितवन जिल्ला संयोजान समिति नारायण रेग्मीको संयोजकत्वमा घोषणा भएको छ l
चितवन जिल्ला सह संयोजकमा तीर्थराज वाग्ले, पण्डित विमल गौतम, बिष्णु भक्त न्यौपाने, जय नारायण सापकोटा र प्रदीप काफ्ले चयन भएका छन् भने “गीता फर लाइफ” अभियानमा सक्रिय रहेका ३० जना अभियान्ताहरू जिल्ला सदस्यमा मनोनित गरिएका छन् l
उक्त घोषणा कार्यक्रमबाट लेखनाथ खनाल, बासुराज पाण्डे, प्रेम कुमार गैरे, प्रेम प्रसाद सापकोटा र विष्णु हरि खनिया जिल्ला समितिको सल्लाहकारका रूपमा चयन गरिएका छन् l
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।