रास्वपाका नेताकार्यकर्ता बालुवाटारबाट पक्राउ

काठमाडौं - रास्वपाले पार्टी सभापति रवि लामिछानेको पक्राउविरुद्ध बालुवाटार घेर्ने आन्दोलनको क्रममा रास्वपाका केही कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ l
प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो । भेलाहुने क्रममा नै उनीहरू प्रहरी नियन्त्रणमा परेका हुन् l रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरकेो थियो । सोक्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेक हो ।
प्रहरीले काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, सदस्य एवं समर्थकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लागि रास्वपाले जानकारी दिएको छ ।
स्मरणीय : रास्वपाको फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...