रास्वपाका नेताकार्यकर्ता बालुवाटारबाट पक्राउ
काठमाडौं - रास्वपाले पार्टी सभापति रवि लामिछानेको पक्राउविरुद्ध बालुवाटार घेर्ने आन्दोलनको क्रममा रास्वपाका केही कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ l
प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो । भेलाहुने क्रममा नै उनीहरू प्रहरी नियन्त्रणमा परेका हुन् l रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरकेो थियो । सोक्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेक हो ।
प्रहरीले काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, सदस्य एवं समर्थकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लागि रास्वपाले जानकारी दिएको छ ।
स्मरणीय : रास्वपाको फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...