माफी मागेर पत्रकार नवीन ढुङ्गाना र युवराज कँडेल थुनामुक्त

काठमाडौँ, असोज २० - सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ’फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन÷प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालाई ३/३ महिना कैद सजाय सुनाएको थियो ।
‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको मुद्दामा अदालतको अवहेलना ठहर भएका ढुङ्गाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए ।
लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेपछि सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख भएअनुसार ढुङ्गाना र कँडेल थुनामुक्त भएका हुन् । क्षमायाचना गरेपछि अदालतबाट पत्र आएसँगै आज बिहान ढुङ्गाना र कडेल छुटेको केन्द्रीय कारागारले जानकारी दिएको छ l
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...
कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।