बाढी पहिरोका कारण १७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १११ घाइते
काठमाडौँ : गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो ।
प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितहरूको उद्धार गरिएको जानकारी दिए ।
आइतबार काभ्रेपलान्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाको विभिन्न स्थानबाट विपद्का कारण घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिनुका साथै खाद्यान्न लगायतका आपत्कालीन राहत सामाग्रीहरू उपलब्ध गराइएको उनको भनाइ छ ।
उनले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको भइरहेको पनि जानकारी दिए ।
मन्त्रालयले खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइने जनाएको छ । सम्बद्ध निकायहरूसँग समन्वय गरी अवरुद्ध राजमार्गहरू तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको मन्त्रालयको भनाइ छ ।
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...