समता समाज नेपालको ‘संविधान कार्यान्वयन र संशोधनमा अल्पसङ्ख्यक, दलित र महिलाका मुद्दा’ विषयक बृहत भेटघाट र पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना
काठमाडौँ - शनिबार राजधानीको संवाद डबलीमा समता समाज नेपालले ‘संविधान कार्यान्वयन र संशोधनमा अल्पसङ्ख्यक, दलित र महिलाका मुद्दा’ विषयक बृहत भेटघाट र पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो l उक्त कार्यक्रमका वक्ताहरूले ‘संविधान संशोधनको नाममा उत्पीडित समुदायको अधिकार खोस्ने प्रयास’ हुन थालेको होकि भनेर आशंका व्यक्त गरेका छन् l संविधान संसोधन सबैले बोध गरेको विषय हो यद्दपि संविधान संसोधन सत्ताधारी दुई ठुला दल नेपाली कांग्रेस र एमालेलगायतले आफ्नो अनुकुल संसोधन गरी जनताको हक र अधिकारलाई कुण्ठित गर्ने प्रयासमा लाग्न थालेको भान भएको अधिकांश वक्ताहरूको शंशय थियो l
समतामूलक समाजका लागि वक्ताहरूले संविधानको कार्यान्वयनका साथै धर्म–संस्कृतिमा पनि व्यापक सुधारको जरुरी रहेको बताएका छन् । उनीहरूले संविधान संशोधन गरेर उत्पीडित समुदायले पाएका अधिकार खोस्न प्रयास भइरहेको दाबी गरे ।
पूर्वराजदूत तथा दलित अधिकारकर्मी डा. निर्मल विश्वकर्माले संविधान संशोधनको नाममा उत्पीडित वर्गले पाएका अधिकार खोस्ने प्रयास भइरहेको बताए । उनले सत्ताधारी पार्टीले त्यस्तो प्रयासलाई उत्पीडित वर्ग एकजुट भएर असफल पार्नुपर्ने बेला आएको बताए । ‘संविधान संशोधनको नाममा उत्पीडित वर्गले पाएका अधिकार खोस्ने प्रयास भइरहेका छन् । राज्यसत्तामा उत्पीडित वर्गको सहभागिता सत्ताधारीहरूले स्वीकार गर्न सकेका छैनन्, उनीहरू हामीलाई पुरानै अवस्थामा फर्काउन चाहन्छन् । त्यसको प्रतिवाद गर्न एक जुट हुनुपर्छ’ विश्वकर्माले भने । त्यसको लागि राजनीतिक शक्ति निर्माण र वैचारिकी निर्माण गरेर अगाडि बढ्नु पर्नेमा विश्वकर्माले जोड दिएका थिए l ‘प्रत्यक्ष निर्वाचन प्रणाली भ्रष्टाचारीको व्यवस्था हो । यो उत्पीडित समुदायको हितमा छैन, अब पूर्ण समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गर्नुपर्छ’ विश्वकर्माको कथन थियो ।
पहिचानवादी नेता आङ्काजी शेर्पाले अल्पसङ्ख्यक तथा उत्पीडित समुदायको मुक्तिका लागि पार्टीहरूको पछाडि लागेर भन्दा नयाँ रणनीति बनाएर संघर्षमा उत्रिनुपर्ने बताएका छन् । संविधानमा अधिकार सुनिश्चित गरिए पनि उत्पीडितहरूको पक्षमा कार्यान्वयन नहुनुमा अल्पसङ्ख्यकहरू एकजुट नुहुनु मुख्य कारक रहेको बताउँदै शेर्पाले भने, ‘संविधानमा उत्पीडित समुदायको सुनिश्चित गरिएको छ तर कार्यान्वयन भएको छैन । अहिले फेरि त्यही अधिकार संविधान संशोधनको कुरा अगाडि सारिएको छ ।’ अब कथा र विलौना सुनाएर कहीं पुगिन्न रोग किटान गरेर समस्याको पहिचान सहित उपचार गर्न लाग्नु पर्छ त्यो उपचार विधि भनेको कर्मकाण्डीय आन्दोलन होइन शसक्त आन्दोलन जरुरी छ शेर्पाको तर्क थियो l
समता समाज नेपालका अध्यक्ष गोपाल गहतराजले दलित र महिलालाई मौलिक अधिकारबाट वन्चित गरी अधिकार संविधानको धारमा मात्र सीमित गरिएको र त्यो पनि खोस्ने प्रपन्च हुन लागेको बताए l गहतराजले २०७२ को संविधानमा दलित तथा अल्पसङ्ख्यकको लागि थोरै भए पनि अधिकार सुनिश्चित गरिएको तर संशोधनका नाममा त्यसलाई पनि हटाउन लगाएको आशङ्का व्यक्त गरे । जनवारको अधिकारको समेत विश्वव्यापी आवाज उठेको र जनवारप्रति मान्छेहरू संवेदनशील भएको बेला दलितको अधिकारप्रति मान्छेहरू उदासीन रहनु दुखको कुरा हो l दलितलाई मानव भएर बाँच्ने स्वतन्त्रता र अधिकार चाहिएको छ l
कास्ट वाच नेटवर्कका केन्द्रीय संयोजक डा. मित्र परियारले दलितमाथिको विभेद हटाउन संविधानमा समेटेरेमात्रै नहुने बरु धर्म–संस्कृतिमा भएको विकृतिलाई सुधार्नु पर्ने धारणा राखे । पशुपति कोटीहोम प्रवेश एउटा आन्दोलनकै रूप भएकोले त्यसलाई सकारात्मक रूपमा बुझ्न र लिन आग्रह गर्दै आफ्नै जीवनकालमा समता र मर्यादाको अनुभूति हुने धार्मिक र सांस्कृतिक सुधार छुवाछुत र भेदभाव अन्त्यको लागि काम गर्नु पर्ने कुरामा जोड दिए l आज बाँच्नेलाई आजै आत्मसम्मान र मर्यादा चाहिन्छ पछि र स्वेर काल्पनिक विचार आजको आवश्यकता होइन भन्दै उधारो र झुटो आश्वसनमा नलागेर आजकै लागि काम गर्न परियारको अनुरोध थियो l
राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धछिरिङ मोक्तानले विगत ५ देखि ७ हजार वर्षदेखि कथित उपल्लो जातिले दलितमाथि दमन, अन्याय अत्याचारको डन्डा बर्साइरहेका छन् त्यसको लागि स्वदेशवादको मार्गदर्शनबाट अगाडि बढ्दा मुक्ति सम्भव हुने धारणा राखेका थिए l
राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपाल प्रसाद विश्वकर्माले दलितहरूलाई आरक्षण भन्दा पनि जन्मजात मनोवैज्ञानिक रूपमा विभेदको अन्त्य गर्नु पर्ने माग राखे । उनले दलित आरक्षण र कोटामा आज सम्मको डेटा प्रस्तुत गरेर दलितको राज्यका विभिन्न निकायमा सहभागिताको दारुण चित्र प्रस्तुत गरे l
दलित अधिकारकर्मी गजाधर सुनारले दलित समुदायले परिवर्तनमा व्यापक मात्रामा योगदान भए पनि देशमा ब्राह्मणवादी चिन्तनको कारण समतापूर्ण समाज बन्न नसक्नु दुर्भाग्य भएको बताए ।
दलित अधिकार कर्मी सुनिता मरिकडोमले संविधानमा अल्पसङ्ख्यक र दलित समुदायका लागि धेरै विषय समेटिए पनि त्यसलाई कार्यान्वयन नगर्दा विभेद ज्युँका त्युँ रहेको बताइन् ।
समता समाज नेपालका सचिव प्रदीप घतालले संचालन गरेको कार्यक्रम काठमाडौँको अनामनगर स्थित संवाद डबलीमा भएको थियो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...