सिके राउत पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न अदालत
पछिल्लोपटक नेपाली राजनीतिमा आसाको नजरले हेरिएका जनमत पार्टीका अध्यक्ष सिके राउतको पनि पारिवारिक सम्बन्ध अर्थात श्रीमतीसँगको सम्बन्धमा दरार पैदा भएर सम्बन्ध विच्छेदको लागि मुद्दा जिल्ला अदालत ललितपुरमा पुगेको छ l
पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि राउतले आफै भदौ १२ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ ।
उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरका प्रवक्ताले जानकारी दिएका छन् l महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन् ।
उनकी श्रीमती रानी भारतीय नागरिक हुन् । उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेर सम्बन्ध विच्छेद गर्न चाहेको उल्लेख गरेका छन् ।राउत दम्पतीका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन् ।
मधेशी मूलबाट नेपालको प्रधानमन्त्रीको सम्भावना भएका नेताको पारिवारिक सम्बन्ध दुर्भाग्यपूर्ण बन्नुले उनको राजनीतिलाई असर नगर्ला भन्न सकिन्न l
स्मरणीय : फोटो विकिपिडिया
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...