एमालेले माग्यो उपसभामुखको राजीनामा, माओवादी र रास्वापाले गरे खबरदारी
काठमाडौँ : नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।’
एमालेका सांसद गोकुल बास्कोटाले लोकतन्त्रमा प्रश्न उठाउन पाइने र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेका बेला राजीनामा गरेको बताए । उनले राजनीतिक मान्छेसँग यति आट र साहस हुनुपर्ने बताए । यति धेरै प्रश्न उठेपछि पदबाट राजीनामा गर्नुपर्ने उनले बताए ।
सांसद शोभा ज्ञवालीले उपसभामुख इन्दिरा राना मगरले केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासमा चिठ्ठी लेख्नु मानव तस्करी भएको आरोप लगाएकी छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गरेका हुन् ।
यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गरे । उनले भने‚‘हामी खबरदार गर्न चाहान्छौँ यस्ता कदम नचालियोस् ।’
तिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए । त्यसै सांसद सोबिता गौतमले राजीनामा मागेर, महाअभियोगको धम्कि दिएर सरकारले संख्याको दम्भ देखाएको आरोप लगाइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...