एमालेले माग्यो उपसभामुखको राजीनामा, माओवादी र रास्वापाले गरे खबरदारी
काठमाडौँ : नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।’
एमालेका सांसद गोकुल बास्कोटाले लोकतन्त्रमा प्रश्न उठाउन पाइने र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेका बेला राजीनामा गरेको बताए । उनले राजनीतिक मान्छेसँग यति आट र साहस हुनुपर्ने बताए । यति धेरै प्रश्न उठेपछि पदबाट राजीनामा गर्नुपर्ने उनले बताए ।
सांसद शोभा ज्ञवालीले उपसभामुख इन्दिरा राना मगरले केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासमा चिठ्ठी लेख्नु मानव तस्करी भएको आरोप लगाएकी छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गरेका हुन् ।
यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गरे । उनले भने‚‘हामी खबरदार गर्न चाहान्छौँ यस्ता कदम नचालियोस् ।’
तिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए । त्यसै सांसद सोबिता गौतमले राजीनामा मागेर, महाअभियोगको धम्कि दिएर सरकारले संख्याको दम्भ देखाएको आरोप लगाइन् ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...