नेपाली सेनाको अधिकृत पदमा २८० जनाको माग दलितलाई १८, खुलातर्फ १४७, आदिवासी जनजाति ३८, मधेशी कोटामा ३३
काठमाडौं, भाद्र ७ - नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना मागिएको छ लम्
खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तानको लागि १४ सिट छ्ट्याइएको छ ।
नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेस्मम दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने कुरा उल्लेख गरिएको छ l
गोरखापत्रमा प्रकाशित सूचना हेरौ :
फाइल फोटो प्रयोग गरिएको छ l akabarey.com
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...