कास्ट वाच नेटवर्क र तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन बिच जातीय छुवाछुत विभेद अन्त्य गर्ने विषयमा भेटघाट

काठमाडौँ - जातीय विभेद बारे स्थानीय तहलाई जागरूक बनाउन काठमाडौ उपत्यकाका सबै पालिका प्रमुखसॅग पहलपैरवी गर्ने, काठमाडौ उपत्यकामा दलितले जात लुकाएर बस्ने ? स्थितिको अन्त्य गर्ने विषयमा CWN ( कास्ट वाच नेटवर्क ) ले उपत्यकाका २१ वटै मेयर र पालिका प्रमुख भेटी ध्यानाकर्षण गर्ने कार्यक्रम अन्तर्गत पहिलो पटक भाद्र ६ गते तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनसॅग भेट गरेर आफ्ना कुरा राख्यो,छलफल चलायो l
CWN का केन्द्रीय संयोजक डा. मित्र परियार र काठमाडौँ उपत्यका समिति संयोजक जनक परियारसहितको टोलीसँगको २ घण्टा लामो अन्तरकृयामा नगरपालिकाले विभेद अन्त्यका लागि छुट्टै नीति ल्याउने र CWN सॅग सहकार्य गर्ने कुरा भएको डा. मित्र परियारले जानकारी दिएका छन् ।
'घटना भैसकेपछि मात्रै तात्तिने परम्परा तोड्दै पहिलो पटक CWN ले विभेद विरूद्द काठमाडौ उपत्यकाका २१ वटै मेयरसँग शहरमा दलितको जातीय पीडा समाधान गर्न विशेष पैरवी (lobby) गर्न लागेको हो ' l CWN केन्द्रीय संयोजक मित्र परियार भन्छन् l
नगरपालिकाभित्र कसैलाई विभेद भएमा तुरुन्त हामीलाई सम्पर्क गर्न CWN काठमाडौँ उपत्यका समितिका संयोजक जनक परियारले आव्हान गरेका छन् l परियार भन्छन् : हामी कानुन हातमा लिंदैनौ तर कानुन तोड्ने, जातीय घृणा गर्ने, अपमान गर्ने र जातीय छुवाछुत गर्नेलाई कानुनको दयाराम ल्याउन मदत गर्छौं l हाम्रो अभियान शान्तिपूर्ण रूपमा चल्नेछ'
CWN का केही सफलताहरू यस्ता छन् भन्ने जानकारी पनि मित्र परियारले दिएका छन् l
१) रिपोर्टर्स क्लवमा आवाज - दलित राज्यमन्त्री नियुक्त
२) नुवाकोट पानी केस - खड्का अदालतमा पनि पराजित
३) धर्मसुधारको सुरूवात - पशुपति कोटीहोममा दलित समुदायको व्यक्तिबाट (व्यासासान) प्रथम पटक धार्मिक प्रवचन आदि छन् l
बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो l
सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार रु ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिव...
मलाई विभेद गर्दा सुन्ने स्टाफले अहिले पनि हामीले सुनेनौँ भन्नुहुन्छ । विभेदको पीडा भोग्नेलाई मात्र थ...