ओलीलाई देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरटेबल’
प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरटेबल’ महसुस गरेको बताएका छन् । ‘म तेस्रोपटक प्रधानमन्त्री बनेको छु, कांग्रेससँगको सहकार्यमा यसपटक प्रधानमन्त्री बन्दा धेरै कम्फरटेबल महसुुस गरेको छु,’ प्रधानमन्त्री ओलीले एमाले पदाधिकारीसँग पछिल्लो बैठकमा भनेका थिए, ‘त्यसैले राम्रो परिणाम दिन सकिन्छ भन्ने आत्मविश्वास जागेको छ ।’
ओलीले कांग्रेससँग सहकार्य गर्न सहज बनेको र सभापति देउवासँग पनि राम्रो समन्वय र परामर्श भइरहेको अनुभूति सुनाएका थिए । ‘पहिले निर्णय गर्न अप्ठ्यारो हुन्थ्यो, प्रचण्डको कुनै भर पनि थिएन, तर अहिले त्यस्तो अवस्था छैन । देउवाजीसँग राम्रो समन्वय भइरहेको छ, उहाँ सहज पनि हुनुहुन्छ, त्यसैले कुनै पनि काम गर्न समस्या देखिएको छैन,’ ओलीको भनाइ थियो ।
देउवालाई आश्वस्त पार्ने प्रयास
प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिअनुसार सरकारमा आलोपालो नेतृत्व हुने विषयलाई आश्वस्त पारेर अगाडि बढ्ने प्रयास गरेका छन् । प्रचण्डभन्दा देउवा तुलनात्मक रूपमा सहमतिमा प्रतिबद्ध र इमानदार रहेकाले पनि प्रधानमन्त्री ओलीले विश्वासमा लिएर सरकार सञ्चालन गर्न खोजिरहेको उनीनिकट एक नेताले बताए । त्यही नीतिअनुसार अहिलेको समीकरणले पूर्ण कार्यकाल चलाउने र आलोपालो सहमतिअनुसार दुई वर्ष पूरा हुने एक साताअगावै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा ओलीले गरेका थिए ।
प्रधानमन्त्री ओलीले १५ साउनमा मन्त्रीहरूलाई राखेर सचिवहरू र राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिँदै कार्यकालबारे बताएका थिए । ‘ढुक्कसँग काम गर्नुस् । यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ । सरकार ढल्छ कि भनेर सोच्नुपर्दैन । सरकार सुशासन र विकासका लागि नै बनेको हो,’ उनले भनेका थिए, ‘मेरो नेतृत्वको सरकार दुई वर्ष चल्ने हो । दुई वर्ष पुग्नुभन्दा एक साताअघि नै राजीनामा दिन्छु ।’
समाचार नयाँ पत्रिका दैनिक
फाइल फोटो प्रयोग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...