धरानका मेयरसँग आन्दोलनरत पक्षको ३ बुँदे सहमति
काठमाण्डौ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र आन्दोलनरत विभिन्न १० राजनीतिक दलबीच आइतबार ३ बुँदे सहमति भएको छ । खानेपानीको शुल्क र महसुल बढाइएपछि तीन हप्तादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र मेयर साम्पाङबीच हिजो अबेरसम्मको लामो वार्तापछि सहमति भएको हो ।
सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । यही साउन ११ गते धरानमा क्रियाशील राजनीतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए ।
अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएपछि आन्दोलनरत पक्षले विभिन्न सरोकारवाला सङ्घ–संस्थाहरूसँग अन्तरक्रिया, वडा कार्यालयहरूमा ध्यानाकर्षण र खानेपानी बोर्डको धरान कार्यलयमा धर्ना तथा तालाबन्दी गरेका थिए । तर तालाबन्दी नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि खानेपानी बोर्डमा लगाएको ताला खोली उनीहरूले गएको बिहीवारदेखि धरान उपमहानगरपालिकाको कार्यालय केन्द्रित आन्दोलन चर्काएका थिए l जसको कारण धरान तनाव ग्रस्त बनेको थियो भने मेयर राई पनि चर्को विवादमा आएका थिए l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...