पशुपतिमा भइरहेको कोटीहोममा आज आचार्य कृष्ण दमाईले प्रवचन दिने

काठमाडौँ , साउन २५ - संस्कृत साहित्यमा आचार्य ( स्नातकोत्तर ) बैतडीका कृष्ण दमाईले आज पशुपतिमा चलिरहेको कोटीहोममा प्रवचन दिने भएका छन् l उनले आफ्नो विशेष तयारी र अभ्यास नभएको कारण छोटो समय मात्र आफूले प्रयोग गर्ने जानकारी दिएको कुरा अनिरुद्र तिम्सिनाले अकबरेडट कमलाई बताएका छन् l
हिजो २०८१ साउन २४ गते पशुपतिमा उनको भव्य अभिनन्दन भएको थियो l हिजो नै कथा वाचन गर्न अनुरोध गरिए पनि आफ्नो तयारी नरहेको र अपेर्झट आउनु परेकोले र आज पनि अन्यत्र आफ्नो पूर्व निर्धारित काम भएकोले प्रवचन दिन नसक्ने बताए पनि कोटीहोम आयोजकको विशेष अनुरोधमा कथा वाचन र प्रवचन गर्न इन्कार गरेका दमाई आजको लागि छोटो समय प्रवचन दिन तयार रहेको कुरा अनिरुद्र तिम्सिनाले जानकारी गराएका छन् l
आचार्य कृष्ण दमाई रोजगारीको खोजीमा रहेको खबर बाहिर आउनासाथ उनलाई पशुपतिको पुजारी बनाउने दबाब अभियानदेखि कोटीहोम सुरू भएदेखि प्रवचन दिन उनलाई बोलाउनु पर्ने माग सहित व्यापक दबाबमूलक अभियान सामाजिक सञ्जाल मार्फत भएको थियो l उनलाई बोलाउने बारे आफू सकारात्मक रहेको र उनलाई मैले नै बोलाएको हो भन्छन् राजनन्द माण्डव्य l उनी स्वयं आयोजक र प्रवचन कर्ता समेत रहेका छन् l
कृष्ण दमाईलाई प्रवचन दिन बोलाउने समाचार र उनलाई गरिएको अभिनन्दनले व्यापक चर्चा पाएको छ l सकारात्मक सन्देश प्रवाह भएको प्रतिक्रियाहरू प्राप्त छन् l विद्वान् सर्वत्र पुज्येते भन्ने भनाई सार्थक भएको आम मान्छेको बुझाई छ l हिन्दु धर्ममा जातीय भेद छैन भन्ने तर्क एकथरिको रहेको छ भने अर्को तर्फबाट व्यापक दबाब पछि हिन्दु धर्मको सर्वस्वीकार्य रूपमा यस्तो निर्णय भएको बताइन्छ l समाजकका विभिन्न तह र तप्काबाट यस बारे चर्चा र परिचर्चा हुन थालेको छ l कोटीहोम आयोजकका विविध पक्ष र आयामबारे विवाद तर्क वितर्क सहमति असहमति भए पनि कृष्ण दमाईलाई गरिएको अभिनन्दन र उनलाई प्रवचन दिन स्थान दिने विषयमा प्राय: सकारात्मक प्रतिक्रियाहरू नै प्राप्त भएका छन् l
Akabarey.com टिप्पणी : समय र समयको चेत क्रमशः बदलिंदै गएको छ यसको गति द्रुत बनाउनु आवश्यक देखिन्छ l धर्म,दर्शनको उज्यालो पक्ष यसको बृहत्तर आयाममा देखिन्छ l
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।