सार्वजनिक लेखा समितिको सभापति माओवादीले पाउनुपर्छ - सांसद सापकोटा
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन्।सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले लिने प्रचलन भएको पनि उनले संस्मरण गराएका छन् l
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो माग गरेका हुन्। सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम नतिरेका व्यापारीहरूसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गर्दै सो घटनाका लागि छानविनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।
सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो वक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशन विपरित लागेकाले उनीमाथि कारबाही हुनुपर्नै उनको भनाई थियो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि गम्भीर आपत्ति जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...