बजारको अभावमा बोटमै गोरखाको नास्पाती

गोरखा,साउन,१७ - गोरखा जिल्लाको सिरान्चोक गाउँपालिका -५ का किसानको करेसामा लटरम्म फलेको १ हजार बोटमा अनुमानित एक हजार क्विन्टल भन्दा बढी नास्पतीले उचित बजार र थोक खरिदकर्ताको अभावका कारण कुहिने जोखिममा परेको स्थानीय सन्दिपले गोरखालीले जानकारी दिएका छन् ।
ग्रामीण भेगाका किसानको करेसामा उत्पादन हुने अर्गानिक मौसमी फलफूल खुर्पानी ,आल्चा , अमिलो ,आरु र आँप आदिलाई स्थानीय सरकारले चिस्यान केन्द्र खोली भण्डारण गर्न सके र बजार व्यस्थापन मिलाइदिन सके युवाहरूलाई विदेशपलायन हुनबाट रोक्न सकिने उनको भनाइ छ ।
गाउँघरमा उत्पादन हुने कागती , लनुस , अदुवा हलेदो जस्ता नगदे बालीले उचित बजार भाउ पाउने हो भने ग्रामीण किसानलाई कृषिकर्ममा प्रोत्साहन मिल्ने स्थानीय कृषकहरू बताउँछन् । गाउँ गाउँमा सिंह दरबार जत्रा कार्यालय भवन निर्माण भएपनि गाउँको उत्पादनलाई भण्डारण गर्ने चिस्यान केन्द्र र नगदे बालीमा स्थानीय सरकारको खासै ध्यान पुगेको छैन ।
गत वर्ष अलैंचीले बजार नपाउदा गोरखाका स्थानीय कृषिहरू मारमा परेका थिए । त्यस्तै गरी यसपाली नास्पाती बोटमा कुहिएर अरिंगालले खाएर सकिनेमा गोरखाली कृषक चिन्तित भएका छन् l
स्मरणीय : फोटो सन्दीप गोरखाली
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
राजनीति सेवा भएकाले आर्थिक रुपमा सबल बन्नको लागि पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको छ l