वीरगञ्ज महानगरले तीन वटा उद्योगको गेटमा फोहोर थुपारिदियो

रासस - साउन, १४ - वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ ।
नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर फालिदिएका हुन् ।
वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसालिदिएको बताए । ‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो’, उनले भने ।
महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएको महानगरको आरोप छ । महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।
नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा आज पनि फोहोर फालिने बताए ।
स्मरणीय : काठमाडौँ महानगर प्रमुख बालेन साहको ठाडो आदेशमा २०८१ जेठ १२ गते सरकारी अड्डाको गेटमा फोहोरको डङ्गुर लगाईएको छ।
महानगरले मिनभवनस्थित डिभिजन सडक कार्यालयको गेट अगाडि र बबरमहलस्थित सडक विभागको गेटमा फोहोर थुपारेको हो। महानगरको टिपरले अन्तै बाट ल्याएको फोहोर कार्यालय अगाडि थुपारेको हो ।
फोहोर थुपारेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलाई मेयर बालेन्द्र शाह (बालेन) ले धुलो उपहार पठाएको बताएका थिए l
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।